bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 6
Numbers 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: ‘कुनै पुरुष वा स्त्रीले विशेष भाकल, अर्थात् परमप्रभुको निम्ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्छा गर्छ भने,
3
त्यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्। त्यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्।
4
जति दिनसम्म त्यो नाजिरी भएर अलग बस्छ, त्यसले दाखका बीउदेखि लिएर बोक्रासम्म केही नखाओस्।
5
“त्यो अलग हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई अलग राख्छ, त्यो समय पूरा नहोउञ्जेल त्यो शुद्ध बसोस्। त्यसले आफ्नो कपाल लामो हुन देओस्।
6
जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राख्छ, त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्।
7
त्यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्, किनभने आफ्ना परमेश्वरको निम्ति अलग भएको चिन्ह त्यसको शिरमा छ।
8
त्यसका अलग बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ।
9
“‘अचानक कुनै मानिस त्यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्यो भने, शुद्धि हुने सातौँ दिनमा त्यसले आफ्नो कपाल खौरोस्।
10
अनि आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्।
11
मुर्दाको नजिक भएर त्यसले पाप गरेको हुनाले पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्। अनि त्यही दिन त्यसले आफ्नो शिर चोख्याओस्।
12
आफू अलग रहने समय होउञ्जेल त्यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्ति एक वर्षे थुमा ल्याओस्। त्यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्ती हुनेछैन।
13
“‘आफ्नो अलग रहने समय पूरा भएपछि नाजिरीलाई नियम यही हो। त्यसलाई भेट हुने पालको ढोकामा ल्याउनू।
14
त्यसले परमप्रभुको निम्ति त्यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्ति एउटा एक वर्षे निष्खोट थुमा, पापबलिको निम्ति एउटी एक वर्षे निष्खोट पाठी, र मेलबलिको निम्ति एउटा निष्खोट भेड़ा,
15
एक डालो अखमिरी रोटी— तेलले मुछेको मसिनो पीठोका फुरौला र तेल दलेका अखमिरी बाबरहरू— र तिनीहरूका अन्नबलि र अर्घ-बलि।
16
“‘तब पूजाहारीले परमप्रभुको सामुन्ने त्यसको निम्ति पापबलि र मेलबलि चढ़ाऊन्।
17
तिनले परमप्रभुको निम्ति मेलबलिको रूपमा डालोमा भएको अखमिरी रोटी र भेड़ा, र साथै त्यसको अन्नबलि र अर्घ-बलि चढ़ाऊन्।
18
“‘तब त्यस नाजिरीले भेट हुने पालको ढोकामा आफूले अर्पण गरेको कपाल खौरोस्, र त्यो कपाल लिई मेलबलिको मुन्तिर रहेको आगोमा हालिदेओस्।
19
“‘त्यसले आफ्नो अर्पणको कपाल खौरिसकेपछि पूजाहारीले भेड़ाको उसिनेको कुम, डालोका एउटा अखमिरी फुरौला र अखमिरी बाबर लिएर त्यस नाजिरीको हातमा राखिदेऊन्।
20
अनि पूजाहारीले तिनलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामु डोलाऊन्। यी र डोलाइएको ह्याकुलो र चढ़ाइएको साँप्रो पूजाहारीको निम्ति पवित्र भाग हुनेछ। त्यसपछि त्यस नाजिरीले दाखमद्य पिए हुन्छ।
21
“‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्पूर्ण रूपले त्यसले पालन गर्नुपर्छ’।”
22
परमप्रभुले मोशालाई भन्नुभयो,
23
“हारून र त्यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नू:
24
परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्।
25
परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्।
26
परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्ति देऊन्।’
27
“यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्नेछन्, र म तिनीहरूलाई आशिष् दिनेछु।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36