bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 2
Numbers 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
1
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2
“इस्राएलीहरू प्रत्येकले आफ्नो परिवारको ध्वजाको साथमा आ-आफ्नो झन्डाको मुन्तिर पाल टाँगोस्। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्नो पाल टाँगून्।”
3
पूर्वतिर घाम झुल्कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्डाको मुन्तिर छाउनी हालून्। यहूदाका मानिसहरूका कुलनायक अम्मीनादाबका छोरा नहशोन होऊन्।
4
गन्तीअनुसार तिनको दल ७४,६०० छन्।
5
तिनको नजिकै इस्साखारको कुलले पाल ठड़्याओस्। इस्साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्।
6
गन्तीअनुसार तिनको दल ५४,००० छन्।
7
त्यसपछि जबूलूनको कुल होस्। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्।
8
गन्तीअनुसार तिनको दल ५७,४०० छन्।
9
यहूदाको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्।
10
दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
11
रूबेनका मानिसहरूको कुलनायक शदेऊरका छोरा एलीसूर होऊन्। गन्तीअनुसार तिनको दल ४६,५०० छन्।
12
तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्।
13
गन्तीअनुसार तिनको दल ५९,३०० छन्।
14
त्यसपछि गादको कुल होस्। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्यासाप होऊन्।
15
गन्तीअनुसार तिनको दल ४५,६५० छन्।
16
रूबेनको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्।
17
तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्नो झन्डामुनि हरेक मानिस आ-आफ्नो ठाउँमा हिँड़ोस्।
18
पश्चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
19
एफ्राइमका मानिसहरूका कुलको कुलनायक अम्मीहूदका छोरा एलीशामा होऊन्। गन्तीअनुसार तिनको दल ४०,५०० छन्।
20
तिनको नजिक मनश्शेको कुल होस्। मनश्शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्।
21
गन्तीअनुसार तिनको दल ३२,२०० छन्।
22
त्यसपछि बेन्यामीनको कुल होस्। बेन्यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्।
23
गन्तीअनुसार तिनको दल ३५,४०० छन्।
24
एफ्राइमको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,०८,१०० छ। यिनीहरू तेस्रो लश्करमा हिँड्नेछन्।
25
उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। दानका मानिसहरूका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेर होऊन्।
26
गन्तीअनुसार तिनको दल ६२,७०० छन्।
27
तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्।
28
गन्तीअनुसार तिनको दल ४१,५०० छन्।
29
त्यसपछि नप्तालीको कुल होस्। नप्तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्।
30
गन्तीअनुसार तिनको दल ५३,४०० छन्।
31
दानको शिविरमा गनिएकाहरूको जम्मै संख्या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्नो झन्डामुनि सबैभन्दा पछाड़ि हिँड्नेछन्।
32
इस्राएलीहरूका आ-आफ्ना परिवारअनुसार गनिएका यी नै हुन्। आ-आफ्ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्मा ६,०३,५५० छन्।
33
तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्।
34
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले आ-आफ्नो झन्डाको नजिक पाल टाँग्ने गरे। त्यसै गरी आ-आफ्ना वंश र परिवारअनुसार तिनीहरू हिँड्ने गरे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36