bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 7
Numbers 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
1
मोशाले पवित्र वासस्थान खड़ा गरिसकेपछि, त्यसलाई र त्यसका सबै सरसामानहरू, र साथै वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू अभिषेक गरी अर्पण गरे।
2
तब इस्राएलका गणना भएका नेताहरू, अर्थात् कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्नो बलि चढ़ाए।
3
तिनीहरूले परमप्रभुको सामुन्ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्ति एक-एक गाड़ा र नायकैपिच्छे एक-एक गोरुको आ-आफ्नो बलि ल्याएर पवित्र वासस्थानको सामुन्ने प्रस्तुत गरे।
4
तब परमप्रभुले मोशालाई भन्नुभयो,
5
“तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्। लेवीहरूलाई आ-आफ्नो कामअनुसार ती तैंले दिनू।”
6
तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
7
दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए।
8
चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए।
9
तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्ना काँधमा पवित्र वस्तुहरू बोक्ने जिम्मेवारी तिनीहरूको थियो।
10
वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्यसको अर्पण-कार्यमा आफ्ना भेटीहरू ल्याएर वेदीको सामु प्रस्तुत गरे।
11
किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्ति हरेक दिन कुलनायकमा एक जनाले आफ्नो भेटी चढ़ाओस्।”
12
पहिलो दिन भेटी चढ़ाउनेमा यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोन थिए।
13
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
14
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
15
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
16
पापबलिको निम्ति एउटा बोका,
17
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीनादाबका छोरा नहशोनको भेटी यही थियो।
18
दोस्रो दिन इस्साखारका कुलनायक सूआरका छोरा नतनेलले आफ्नो भेटी ल्याए।
19
तिनले ल्याएको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
20
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
21
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
22
पापबलिको निम्ति एउटा बोका,
23
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो।
24
तेस्रो दिन जबूलूनका कुलनायक हेलोनका छोरा एलीआबले आफ्नो भेटी ल्याए।
25
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
26
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
27
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
28
पापबलिको निम्ति एउटा बोका,
29
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। हेलोनका छोरा एलीआबको भेटी यही थियो।
30
चौथो दिन रूबेनका कुलनायक शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी ल्याए।
31
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
32
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
33
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
34
पापबलिको निम्ति एउटा बोका,
35
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो।
36
पाँचौँ दिन शिमियोनका कुलनायक सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी ल्याए।
37
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
38
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
39
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
40
पापबलिको निम्ति एउटा बोका,
41
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो।
42
छैटौँ दिन गादका कुलनायक दूएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
43
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
44
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
45
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
46
पापबलिको निम्ति एउटा बोका,
47
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। दूएलका छोरा एल्यासापको भेटी यही थियो।
48
सातौँ दिन एफ्राइमका कुलनायक अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी ल्याए।
49
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
50
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
51
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
52
पापबलिको निम्ति एउटा बोका,
53
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्मीहूदका छोरा एलीशामाको भेटी यही थियो।
54
आठौँ दिन मनश्शेका कुलनायक पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
55
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
56
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
57
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
58
पापबलिको निम्ति एउटा बोका,
59
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।
60
नवौँ दिन बेन्यामीनका कुलनायक गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
61
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
62
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
63
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
64
पापबलिको निम्ति एउटा बोका,
65
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। गिदेओनीका छोरा अबीदानको भेटी यही थियो।
66
दशौँ दिन दानका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी ल्याए।
67
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
68
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
69
र होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
70
पापबलिको निम्ति एउटा बोका,
71
मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।
72
एघारौँ दिन आशेरका कुलनायक ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
73
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
74
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
75
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
76
पापबलिको निम्ति एउटा बोका,
77
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।
78
बाह्रौँ दिन नप्तालीका कुलनायक एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
79
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
80
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
81
होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
82
पापबलिको निम्ति एउटा बोका,
83
र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो।
84
वेदीका अभिषेकको दिन त्यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा।
85
प्रत्येक चाँदीको थाल एक सय तीस शेकेल तौलको र प्रत्येक चाँदीको छर्कने बाटा सत्तरी शेकेल तौलको थियो। भाँड़ाकुँड़ाहरूको जम्मै चाँदीको तौल पवित्रस्थानको शेकेलबमोजिम दुई हजार चार सय शेकेल थियो।
86
धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्थानबमोजिम प्रत्येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल तौलको थियो।
87
होमबलिको निम्ति, तिनका अन्नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्ति बाह्र वटा बोका थिए।
88
अनि मेल-बलिको निम्ति चाहिँ सबै पशुहरू गरी जम्मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्यसको अर्पण-कार्यको भेटी यही थियो।
89
जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्नुभयो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36