bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 3
Numbers 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 4 →
1
परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।
2
हारूनका छोराहरूका नाउँ यी नै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार।
3
हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्।
4
तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।
5
परमप्रभुले मोशालाई भन्नुभयो,
6
“लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्यसलाई सहायता गरून्।
7
पवित्र वासस्थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्ति भेट हुने पालमा कामकाज गर्नेछन्।
8
भेट हुने पालको सबै सामानको जिम्मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्थानको काम गरेर इस्राएलीहरूको दायित्व पूरा गर्नेछन्।
9
इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्यसका छोराहरूलाई दिइहाल्नू।
10
तैंले हारून र त्यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्। तिनीहरूबाहेक अन्य कोही पवित्रस्थानको नजिक आए त्यो मानिस मारिओस्।”
11
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
12
“इस्राएलीहरूमा पहिले जन्मेर गर्भ खोल्ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,
13
किनकि सबै पहिले जन्मने मेरा हुन्। मिश्रका पहिले जन्मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्छे र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मेरै निम्ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्। म परमप्रभु हुँ।”
14
सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशालाई भन्नुभयो,
15
“लेवीहरूलाई आ-आफ्ना परिवार र वंश गरी गन्ती गर्। एक महिना र त्यसदेखि बढ़ी उमेरको हरेक पुरुष तैंले गन्नू।”
16
यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्ती गरे।
17
लेवीका छोराहरूका नाउँ यी नै हुन्: गेर्शोन, कहात र मरारी।
18
गेर्शोनका वंशहरूका नाउँ यी नै हुन्: लिब्नी र शिमी।
19
कहातका वंशहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
20
मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्ना परिवारअनुसार यी नै हुन्।
21
गेर्शोनबाट लिब्नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्।
22
एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए।
23
गेर्शोनका वंशहरूले आफ्ना पाल पवित्र वासस्थानको पछि पश्चिमपट्टि टाँग्नुपर्थ्यो।
24
गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्यासाप थिए।
25
भेट हुने पालमा गेर्शोनीहरूलाई पवित्र वासस्थान, पाल, त्यसको छत, भेट हुने पालको ढोकामा भएको पर्दा,
26
चोकका पर्दाहरू पवित्र वासस्थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरूको जिम्मा थियो।
27
कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्।
28
एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्थानको जिम्मा थियो।
29
कहातका वंशहरूले पवित्र वासस्थानको दक्षिणपट्टि पाल टाँग्नुपर्थ्यो।
30
कहातीहरूका परिवारहरूका मुखिया उज्जीएलका छोरा एलीजापान थिए।
31
सन्दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै सरसामानहरू तिनीहरूको जिम्मामा थिए।
32
हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए।
33
मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्।
34
एक महिना र त्यसभन्दा उँभोका पुरुषहरूको गन्तीअनुसार ती ६,२०० थिए।
35
मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्थानको उत्तरपट्टि पाल टाँग्नुपर्थ्यो।
36
मरारीहरूलाई पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरू,
37
चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्मा थियो।
38
पवित्र वासस्थानको पूर्वतिर, भेट हुने पालको अगि घाम झुल्कनेपट्टि मोशा, हारून र तिनका छोराहरूले पाल टाँग्नुपर्थ्यो। तिनीहरूलाई इस्राएलीहरूका निम्ति पवित्रस्थानको जिम्मा थियो। त्यसको नजिक आउने अन्य मानिस मारिओस्।
39
मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्मै संख्या २२,००० थियो।
40
तब परमप्रभुले मोशालाई भन्नुभयो, “एक महिना र उँभोका इस्राएलीहरूका सबै जेठो-जेठो छोराहरूलाई तिनीहरूका नाउँसमेत गन्ती गर्।
41
इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्तु ले। म परमप्रभु हुँ।”
42
यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्ती गरे।
43
एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्मै संख्या २२,२७३ थियो।
44
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
45
“इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्तुहरूका सट्टा लेवीहरूका गाईबस्तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्। म परमप्रभु हुँ।
46
अनि लेवीहरूको गन्तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्ति,
47
पवित्रस्थानको शेकेलबमोजिम तैंले प्रत्येकको निम्ति पाँच शेकेल ले। एक शेकेल बीस गेराको हुन्छ।
48
अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्यसका छोराहरूलाई दिनू।”
49
यसरी लेवीहरूद्वारा छुटकारा दिइएकाहरूका उब्रेका जनहरूबाट मोशाले छुटकाराको पैसा लिए।
50
तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्मा गरे, जो पवित्रस्थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए।
51
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36