bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 35
Numbers 35
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
1
परमप्रभुले यरीहोदेखि पारि यर्दनको किनारनेर मोआबको मैदानमा मोशालाई भन्नुभयो,
2
“आफ्नो अधिकारमा परेको हिस्साबाट लेवीहरू बस्नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्गा दे।
3
सहरहरूमा चाहिँ तिनीहरू बसून्। खर्कचाहिँ तिनीहरूका गाई-गोरु, भेड़ाबाख्रा र तिनीहरूका अरू सबै बस्तुहरूका निम्ति होस्।
4
“सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्।
5
तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्नू। तिनीहरूका सहरको खर्क यही हो।
6
“तिमीहरूले लेवीहरूलाई दिएका सहरहरूबाट छ वटा चाहिँ शरणनगरहरू हुनेछन्। ज्यानमारा त्यहाँ भागेर बस्न सक्छ। यीबाहेक तिमीहरूले लेवीहरूलाई बयालीस वटा सहरहरू दिनू।
7
लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्मा अठचालीस वटा हुनुपर्छ।
8
इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनू। जस-जसका जति सहरहरू छन्, त्यही अन्दाज गरी लेवीहरूलाई सहरहरू दिनू।”
9
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
10
“इस्राएलीहरूलाई भन्: ‘तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुगेपछि,
11
त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे मार्यो भने ज्यानमारा त्यहाँ भागोस्।
12
ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खड़ा नहोउञ्जेल नमारिओस्।
13
तिमीहरूले दिने शरण-नगरहरूको संख्या छ वटा होस्।
14
यर्दन वारि पूर्वपट्टि तीन वटा सहर, कनान देशमा तीन वटा सहर शरण-नगरको निम्ति छुट्ट्याउनू।
15
इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा अरू प्रवास गर्नेहरूका निम्ति ती सहर छ वटा शरण-नगरहरू हुनेछन्। यसरी अजानमा कसैको ज्यान लिने व्यक्ति त्यहाँ भागेर जान सक्छ।
16
“‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ।
17
यदि कुनै मानिसले कसैलाई ढुङ्गाले हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ।
18
अथवा कुनै मानिसले काठको घातक हतियार लिएर कसैलाई हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै ठहर्छ। त्यो हत्यारालाई प्राणदण्ड दिनैपर्छ।
19
रगतको साटो फेर्न चाहने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसलाई भेट्ने बित्तिकै उसले हत्यारालाई मारोस्।
20
रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्यो वा ढुकेर झटारो हानी मार्यो भने,
21
अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्यो भने, प्रहार गर्ने व्यक्ति मारिनैपर्छ। त्यो हत्यारा हो। रगतको साटो लिने व्यक्तिले त्यसलाई जहाँ फेला पार्छ त्यहीँ मारोस्।
22
“‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मर्यो भने,
23
वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने,
24
समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ।
25
समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्यसलाई पठाइदेओस्। अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो त्यहीँ रहोस्।
26
“‘तर त्यो ज्यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो,
27
र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई मार्यो भने, त्यो रगतको दोषी हुनेछैन।
28
किनभने प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो सहरभित्र रहनुपर्नेथियो। प्रधान पूजाहारीको मृत्युपछि मात्र त्यो आफ्नै अधिकारको जग्गामा फर्कोस्।
29
“‘तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्ताहरूमा यो विधिविधान कायम रहनेछ।
30
“‘कसैले कसैको हत्या गर्यो भने त्यस हत्यारालाई साक्षीहरूले दिएको सबूतको आधारमा मात्रै प्राणदण्ड मिलोस्। तर एउटा मात्र साक्षीको गवाहीमा चाहिँ कसैलाई प्राणदण्ड नदिनू।
31
“‘प्राणदण्ड पाउने योग्यको हत्यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनू। त्यसलाई प्राणदण्ड दिनैपर्छ।
32
“‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्।
33
“‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन।
34
आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36