bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 22
Numbers 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
1
तब इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा गए र यरीहोदेखि पारि यर्दनको किनारमा पाल टाँगे।
2
इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे,
3
र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्याकुल भए।
4
मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्वाहा पारेझैँ पार्नेछ।” त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए।
5
उनले यूफ्रेटिसनेर भएका, आफ्ना जात-भाइको मुलुक पतोरमा बओरका छोरा बालामकहाँ यसो भनेर खबर पठाए, “मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो। तिनीहरू मेरै सिमानामा आएर बसेका छन्।
6
अब आएर मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनकि तिनीहरू मभन्दा ज्यादै शक्तिशाली छन्। त्यसो गर्नुभएमा शायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूँला। किनभने मलाई थाहा छ, तपाईंले जसलाई आशिष् दिनुहुन्छ त्यसलाई आशिष् लाग्छ, र जसलाई सराप दिनुहुन्छ त्यसलाई सराप लाग्छ।”
7
मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए।
8
बालामले उनीहरूलाई भने, “आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले जस्तो मसँग बोल्नुहुन्छ, म त्यही तपाईंहरूलाई बताइदिनेछु।” यसैले मोआबका मुख्य व्यक्तिहरू बालामकहाँ वास बसे।
9
परमेश्वर बालामकहाँ आएर भन्नुभयो, “तँसँग बसेका यी मानिसहरू को हुन्?”
10
बालामले परमेश्वरलाई भने, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्,
11
‘मिश्रबाट निस्किआएको एउटा जातिले समस्त देश ढाकेको छ। अब आएर मेरो निम्ति तिनीहरूलाई सराप दिनुहोस्। यसो गर्नुभएमा शायद मैले तिनीहरूसँग लड़ाइँ गरेर तिनीहरूलाई धपाउन सकूँला’।”
12
तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्यो जातिलाई सराप्नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्।”
13
तब बालाम बिहान सबेरै उठे, र बालाकका मुख्य व्यक्तिहरूलाई भने, “तपाईंहरू आफ्नो देशमा जानुहोस्, किनकि मलाई तपाईंहरूका साथमा जान दिन परमप्रभुले इन्कार गर्नुभयो।”
14
अनि मोआबका मुख्य व्यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्।”
15
तब बालाकले फेरि पनि धेरै र तीभन्दा ठूला दर्जाका व्यक्तिहरू पठाए।
16
उनीहरू बालामकहाँ आएर भने, “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्।
17
तपाईंलाई ठूलो इज्जत दिएर सम्मानित तुल्याउनेछु। जे तपाईं भन्नुहुन्छ त्यही म गर्नेछु। यसकारण कृपा गरी आउनुहोस्, र त्यस जातिलाई सराप दिनुहोस्।”
18
तर बालामले बालाकका दूतहरूलाई यसो भनेर जवाफ दिए, “बालाकले सुन र चाँदीले भरिएको उनको महल मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो या ठूलो कुरामा म भङ्ग गर्न सक्दिनँ।
19
अब अरूहरूले गरेझैँ तपाईंहरू पनि आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले मलाई अझ अरू के भन्नुहुन्छ, म थाहा पाउनेछु।”
20
परमेश्वर त्यस राती बालामकहाँ आएर तिनलाई भन्नुभयो, “यी मानिसहरू तँलाई डाक्न आएका हुन्। यसकारण यिनीहरूका साथमा जा, तर म तँलाई जे-जे कुरा भन्छु, त्यही मात्र तैंले गर्।”
21
बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसेर मोआबका मुख्य व्यक्तिहरूका साथमा गए।
22
तर तिनी गएका हुनाले परमेश्वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए।
23
परमप्रभुका दूतलाई थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका त्यस गधाले देख्यो, र गधा बाटोदेखि तर्केर खेततिर लाग्यो। गधालाई बाटोतिर फर्काउन बालामले पिटे।
24
दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए।
25
परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्यो र बालामको खुट्टा त्यसले पर्खालमा चेप्ट्याइदियो। तिनले त्यसलाई फेरि पिटे।
26
फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्ने साँघुरो ठाउँमा उभिए।
27
गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो।
28
तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्ट पिट्नुभयो?”
29
बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्याइस्। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्नेथिएँ।”
30
गधाले बालामलाई भन्यो, “तपाईंले आफ्नो जीवनभरि आजको दिनसम्म चढ्नुभएको तपाईंकै गधा म होइनँ र? मैले कहिल्यै तपाईंसित यस्तो गरेको थिएँ?” अनि तिनले भने, “अँहँ, गरिनस्।”
31
तब परमप्रभुले बालामका आँखा खोलिदिनुभयो, र थुतेको तरवार हातमा लिएर बाटोमा उभिरहेका परमप्रभुको दूतलाई तिनले देखे। अनि शिर निहुराएर तिनी घोप्टो परे।
32
तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्नो गधालाई तीन पल्ट हिर्काइस्? हेर्, म तेरो बाटो छेक्न आएको छु, किनभने मेरो सामुन्ने तँ आफ्नै जिद्दीमा हिँड्दैछस्।
33
त्यस गधाले मलाई देखेर अहिलेसम्म तीन पल्ट मेरो सामुबाट तर्क्यो। मबाट त्यो नतर्केको भए अहिलेसम्म म तँलाई मारिसक्नेथिएँ, तर त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”
34
बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु। मेरो बाटो छेकेर तपाईं खड़ा हुनुभएको मलाई थाहा थिएन। यसकारण तपाईंको नजरमा यो बेठीक छ भने म फेरि फर्किजानेछु।”
35
परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा। तर म जे-जे कुरा भन्छु, त्यही मात्र तैंले बोल्।” यसकारण बालाम बालाकका मुख्य व्यक्तिहरूका साथमा गए।
36
बालाकले बालाम आएका कुरा सुनेर आफ्नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्मै तिनलाई भेट्न गए।
37
बालाकले बालामलाई भने, “तपाईंलाई मैले डाक्न मान्छे पठाएँ, तर तपाईं किन मकहाँ आउनुभएन? तपाईंको इज्जत म बढ़ाउन सक्नेथिइनँ र?”
38
तब बालामले बालाकलाई भने, “हेर्नुहोस्, अब म तपाईंकहाँ आएकै छु। केही पनि कुरा बोल्ने शक्ति अहिले मसँग छैन। परमेश्वरले मलाई जे आज्ञा गर्नुहुन्छ त्यही मात्र मैले बोल्नुपर्छ।”
39
तब बालाम बालाकसित गए, र तिनीहरू किर्यत-हुसोतमा आए।
40
बालाकले साँढ़े र भेड़ा बलि गरेर बालाम र उनीसित आएका मुख्य व्यक्तिहरूलाई दिए।
41
भोलिपल्ट बिहान बालाकले बालामलाई लिएर बमोत-बालमा उक्लेर गए। त्यहाँबाट बालामले मानिसहरूको केही भागसम्म देखे।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36