bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 19
Numbers 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
1
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2
“परमप्रभुले दिनुभएको व्यवस्थाको एउटा विधि यही हो: निष्खोट र निष्कलङ्क, कहिल्यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्याऊन्।
3
तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्यसलाई छाउनीबाहिर ल्याइओस्, र उसको सामुन्ने त्यो मारिओस्।
4
त्यसपछि एलाजार पूजाहारीले आफ्नो औँलाले त्यसको रगत लिएर भेट हुने पालको अगिल्तिर सात चोटि छर्कोस्।
5
उसका नजरको सामु त्यो कोरली, त्यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्।
6
तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्।
7
त्यसपछि पूजाहारीले आफ्ना लुगा धोओस् र पानीले नुहाएर छाउनीमा फर्कोस्। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहनेछ।
8
त्यसलाई जलाउनेले पनि आफ्ना लुगा धोओस् र पानीले नुहाओस्। साँझसम्मै ऊ पनि अशुद्ध रहनेछ।
9
“कुनै एक जना शुद्ध मानिसले त्यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्ति इस्राएली समुदायले त्यो राखिओस्। त्यो पाप-शुद्धिको निम्ति हो।
10
कोरलीको खरानी बटुल्नेले आफ्ना लुगा धोओस्, र साँझसम्मै ऊ पनि अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीका निम्ति पनि यो अनन्तको विधि होस्।
11
“मान्छेको लाश छुने व्यक्ति सात दिनसम्म अशुद्ध रहनेछ।
12
त्यसले आफूलाई त्यस पानीले तेस्रो र सातौँ दिनमा चोख्याओस्, अनि त्यो शुद्ध हुनेछ। तर त्यसले तेस्रो र सातौँ दिनमा आफूलाई चोख्याएन भनेता त्यो शुद्ध हुँदैन।
13
जसले कसैको लाश छोएर आफूलाई चोख्याउँदैन, त्यसले परमप्रभुको पवित्र वासस्थान अशुद्ध पार्छ। त्यो मानिस इस्राएलीहरूबाट बहिष्कार गरिओस्। शुद्धीकरणको पानी त्यसमाथि छर्किएन, यसैकारण त्यो अशुद्धै छ। त्यसको अशुद्धि त्यसमाथि रहिरहनेछ।
14
“कुनै मानिस पालमा मर्यो भने त्यसको बारे नियम यही हो: त्यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्म अशुद्ध हुन्छ।
15
ढकनी नलगाएको हरेक खुला भाँड़ा अशुद्ध हुन्छ।
16
“बाहिरतिर तरवारले मारिएको वा आफै मरेको लाश अथवा मानिसको हड्डी अथवा चिहान जसले छुन्छ, त्यो सात दिनसम्म अशुद्ध हुन्छ।
17
“त्यस अशुद्ध मानिसको निम्ति पापबलिको जलाइएको खरानी लिएर भाँड़ामा हाली बगुवा पानी पनि त्यसमा हाल्नू।
18
तब कुनै शुद्ध मानिसले हिसप लिई त्यस पानीमा चोपेर पाल र त्यसमा भएका भाँड़ाकुँड़ामाथि र त्यहाँ भएका मानिसहरूमाथि, अनि हड्डी, मारिएको वा आफै मरेको लाश, वा चिहान छुनेमाथि छर्कोस्।
19
शुद्ध मानिसले अशुद्ध भएकोमाथि तेस्रो र सातौँ दिनमा त्यो पानी छर्कोस्। सातौँ दिनमा चाहिँ उसले त्यसलाई चोख्याओस्, र त्यसले आफ्ना लुगा धोई नुहाओस्, अनि साँझमा त्यो शुद्ध हुनेछ।
20
तर अशुद्ध हुने मानिसले आफूलाई चोख्याएन भनेता त्यो व्यक्ति समुदायबाट बहिष्कार गरिओस्, किनभने त्यसले परमप्रभुको पवित्रस्थान अशुद्ध पार्यो। त्यसमाथि शुद्धीकरणको पानी छर्किएन, यसैकारण त्यो अशुद्धै रहन्छ।
21
तिनीहरूका निम्ति यो अनन्तको विधि होस्। “शुद्धीकरणको पानी छर्कनेले पनि आफ्ना लुगा धोओस्। त्यो शुद्धीकरणको पानी छुने पनि साँझसम्म अशुद्ध रहनेछ।
22
अशुद्ध मानिसले जेसुकै छोए पनि त्यो अशुद्ध हुन्छ, र त्यो छुने पनि साँझसम्म अशुद्ध हुन्छ।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36