bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 4
Numbers 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 5 →
1
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2
“लेवीहरूमध्येबाट कहातीहरूलाई आ-आफ्नो वंश र परिवारअनुसार गन्ती गर्।
3
ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई गन्ती गर्।
4
“भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्मा लिने कहातीहरूको काम हो।
5
छाउनी प्रस्थान गर्दा हारून र त्यसका छोराहरू भित्र गएर छेक्ने पर्दा उतारी गवाहीको सन्दूक त्यसैले ढाकिदेऊन्।
6
तिनीहरूले त्यसमाथि सीलको छाला हालिदेऊन्, अनि त्यसमाथि पूरै नीलो रङ्गको कपड़ाले ढाकिदेऊन्।
7
“तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्।
8
तिनीहरूले तीमाथि रातो रङ्गको कपड़ा ओछ्याई त्यसमाथि सीलका छाला हालिदेऊन्, र टेबिलका डन्डीहरू लगाइदेऊन्।
9
“तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्यसका बत्तीहरू र त्यसका सलेदाका चिम्टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्।
10
त्यसपछि तिनीहरूले सामदानलाई त्यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्।
11
“तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्यसका डन्डीहरू आफ्ना स्थानमा हालिदेऊन्।
12
“पवित्रस्थानमा तिनीहरूले प्रयोग गर्ने सबै सेवाका सामानहरू लिएर तिनलाई नीलो कपड़ामा राखी सीलको छालाले ढाकेर तिनलाई डाँड़ीमाथि राखिदेऊन्।
13
“तिनीहरूले काँसाको वेदीबाट खरानी झिकेर त्यसमाथि बैजनी रङ्गको कपड़ा ओछ्याऊन्।
14
त्यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात् आगो राख्ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्यसका डन्डीहरू आफ्ना स्थानमा राखून्।
15
“छाउनी प्रस्थान हुने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै पवित्र सरसामानहरू ढाकेपछि कहातीहरूले ती बोक्न आऊन्। तर तिनीहरूले पवित्र कुराहरू नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। भेट हुने पालका सबै कुराहरू कहातीहरूले बोकून्।
16
“हारून पूजाहारीको छोरो एलाजारको जिम्मामा सुम्पिएका कुराहरू यी नै हुन्: बत्तीको लागि तेल, सुगन्धित धूप, नियमितको अन्नबलि, अभिषेक गर्ने तेल— सिङ्गै पवित्र वासस्थान र त्यसमा भएका सबै सरसामानहरू।”
17
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
18
“लेवीहरूबाट कहातीका वंशहरू बहिष्कृत हुन नदेओ।
19
तिनीहरू अति पवित्र कुराहरूको नजिक आउँदा नमरून् भनेर यो तिनीहरूका लागि गर्: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र गएर तिनीहरू हरेकलाई आ-आफ्नो काम र के-के बोक्ने खटाइदेऊन्।
20
तर कहातीहरू पवित्र कुराहरू हेर्न एक छिनको निम्ति पनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
21
परमप्रभुले मोशालाई भन्नुभयो,
22
“गेर्शोनीहरूलाई पनि आ-आफ्ना परिवार र वंशअनुसार गन्ती गर्।
23
भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्।
24
“भारी बोक्न र सेवा गर्नलाई गेर्शोनी वंशहरूको काम यही हो:
25
पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, र त्यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा,
26
पवित्र वासस्थान र वेदीका चारैतिरको चोकका पर्दाहरू, त्यसको ढोकाको पर्दा, डोरीहरू, र तिनको सेवामा प्रयोग गरिने सबै सरसामानहरू तिनीहरूले बोकून्। यी सबै कुराबाट जे-जे काम हुन्छन्, ती पनि गेर्शोनीहरूले नै गरून्।
27
तिनीहरूका सबै सेवाहरू, वा भारी उठाउने काम होस् वा अन्य काम होस्, ती सबै हारून र त्यसका छोराहरूले आज्ञा गरेबमोजिम गेर्शोनीहरूले गरून्। तिनीहरूको सबै अभिभारा तिमीहरूले नै खटाइदेओ।
28
भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्।
29
“मरारीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार तैंले गन्ती गर्।
30
भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्।
31
भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्यहरू यी नै हुन्: पवित्र वासस्थानका फल्याकहरू, त्यसका बारहरू, डन्डीहरू, खामाहरू र आधारहरू,
32
साथै चारैतिरको चोकका खामाहरू, र तिनका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सरसामान, र यिनीहरूको प्रयोगसम्बन्धी सब कुराहरू तिनीहरूले बोकून्। तिनीहरूमध्ये प्रत्येकलाई आफैले बोक्ने निश्चित सरसामानहरू खटाउनू।
33
भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।”
34
मोशा, हारून र समुदायका नायकहरूले कहातीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे।
35
तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,
36
ती वंश-वंश गरी गनिएकाहरू जम्मा २,७५० थिए।
37
मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने सबै कहातीहरूको जम्मै संख्या यही थियो।
38
गेर्शोनीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए।
39
तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,
40
ती वंश-वंश र परिवार-परिवार गरी गनिएकाहरू जम्मा २,६३० थिए।
41
परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने गेर्शोनीहरूको जम्मै संख्या यही थियो।
42
मरारीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए।
43
तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,
44
ती वंश-वंश गरी गनिएकाहरू जम्मा ३,२०० थिए।
45
मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका मरारीहरूको जम्मै संख्या यही थियो।
46
यसरी मोशा, हारून र इस्राएलका नायकहरूले सबै लेवीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे।
47
तीसदेखि लिएर पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालमा सेवा गर्ने र भारी बोक्ने काममा नियुक्त भएका थिए,
48
ती गनिएकाहरू जम्मा ८,५८० थिए।
49
आ-आफ्नो सेवा र भारी बोक्ने कामअनुसार मोशाद्वारा परमप्रभुको आज्ञाबमोजिम तिनीहरू नियुक्त भएका थिए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले तिनीहरूलाई गने।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36