bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Numbers 21
Numbers 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
1
नेगेवमा बस्ने आरादका कनानी राजाले इस्राएलीहरू अटारीमको बाटो आउँदैछन् भन्ने जब खबर पाए, तब उनले इस्राएलीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका कति जनालाई कैद गरेर ल्याए।
2
तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।”
3
परमप्रभुले इस्राएलीहरूको बिन्ती सुन्नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा राखियो।
4
तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने।
5
तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।”
6
तब परमप्रभुले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र इस्राएलीहरूका धेरै जना मरे।
7
अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे।
8
परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।”
9
तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।
10
इस्राएलीहरूले यात्रा गरेर ओबोतमा पाल टाँगे।
11
अनि ओबोतबाट यात्रा गरेर मोआबको सामुन्ने पूर्वतिर इये-अबारीमको उजाड़-स्थानमा तिनीहरूले पाल टाँगे।
12
त्यहाँबाट तिनीहरू यात्रा गरेर जेरेदको बेँसीमा पाल टाँगे।
13
त्यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्कने उजाड़-स्थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ।
14
यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला,
15
र बेँसीका ओह्रालाहरू, जो आर सहरतिर लागेर मोआबको सिमानासम्म गएको छ।”
16
त्यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्नुभएको कूवा त्यहीँ थियो।
17
तब इस्राएलीहरूले यो स्तुतिगान गरे, “ए कूवा, फुटेर निस्की, त्यसको गीत गाओ,
18
जुन कूवा राजकुमारीहरूले खनेका थिए, अनि मानिसहरूका भारदारहरूले राजदण्ड र लहुराले खनेका थिए।” तब उजाड़-स्थानबाट निस्केर तिनीहरू मत्तानामा यात्रा गरे,
19
र मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बमोतमा,
20
अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्म, अर्थात् उजाड़-स्थान देखिने पिसगाको फेदीसम्म यात्रा गरे।
21
इस्राएलीहरूले एमोरीहरूका राजा सीहोनकहाँ यसो भनेर दूतहरू पठाए,
22
“हामीलाई तपाईंको देश भएर जान दिनुहोस्। हामी खेत कि दाखबारीतिर लाग्नेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी पिउनेछैनौं। तपाईंका सिमाना नकाटेसम्म हामी मूलबाटो भएर मात्र जानेछौं।”
23
तर सीहोनले इस्राएलीहरूलाई आफ्नो सिमाना नाघेर जान दिएनन्। उनले आफ्ना सेना जम्मा गरे, र उजाड़-स्थानको यहसासम्म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे।
24
तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्बोक नदीसम्म उनको देश कब्जा गरे। तर अम्मोनीहरूको सिमानासम्म मात्र तिनीहरूले कब्जा गरे, किनकि अम्मोनीहरूको सिमाना बलियो थियो।
25
इस्राएलीहरूले यी सबै सहरहरू लिए, र तिनीहरू एमोरीहरूका समस्त सहरहरूमा, हेश्बोन र त्यसका वरिपरिका सबै बस्तीहरूमा समेत वास गरे।
26
हेश्बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्मै उनको अधिकारबाट खोसेका थिए।
27
यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्बोनमा आओ र त्यो फेरि बनाइओस्। सीहोनको सहर पुनर्स्थापित होस्।
28
“हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्वाला निस्केर मोआबको आर सहरलाई र अर्नोनका उच्च स्थानका मानिसहरूलाई भस्म पारेको छ।
29
ए मोआब, तँलाई धिक्कार छ! ए कमोशको प्रजा, तँ नष्ट भइस्! त्यसले आफ्ना छोराहरूलाई भगुवाझैँ र आफ्ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
30
“तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्बोनचाहिँ दीबोनसम्मै नष्ट भयो, र हामीले मेदबासम्म पुग्ने नोपालाई नाश गरेका छौं।”
31
यसरी इस्राएलीहरू एमोरीहरूको देशमा वास गर्न लागे।
32
मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए।
33
त्यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्केर आए।
34
परमप्रभुले मोशालाई भन्नुभयो, “त्यससँग नडरा, किनकि त्यो, त्यसका सबै मानिसहरू र त्यसको देशसमेत मैले तेरो हातमा सुम्पेको छु। तैंले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।”
35
यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्जा गरे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36