bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 1
2 Kings 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 2 →
1
आहाबको मृत्युपछि मोआबले इस्राएलको विरुद्धमा विद्रोह गर्यो।
2
एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।”
3
तर याहवेहको दूतले तिश्बी एलियालाई भने, “जा, सामरियाका राजाका दूतहरूलाई भेट्, र तिनीहरूलाई ‘के इस्राएलमा परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देवता बाल-जेबुबसित सल्लाह लिन जाँदैछौ?’ भनेर सोध्।
4
यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्चय मर्नेछस्!’ ” तब एलिया गइहाले।
5
जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”
6
तिनीहरूले जवाफ दिए, “एक जना मानिस हामीलाई भेट्न आए, र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर तिनलाई भन्नू, “याहवेह यसो भन्नुहुन्छ: के इस्राएलमा परमेश्वर हुनुहुन्न र तैँले एक्रोनको देवता बाल-जेबुबसित सल्लाह लिन भनी मानिसहरू पठाउँदैछस्? यसकारण तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्चय मर्नेछस्!” ’ ”
7
राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्ने मानिस कस्तो किसिमको थियो?”
8
तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
9
तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुभएको छ, ‘तल आउनुहोस्!’ ”
10
एलियाले सेनापतिलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो बर्सेर त्यस सेनापति र तिनका सेनाहरूलाई भस्म पार्यो।
11
राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्वरका जन, राजाले भन्नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ”
12
एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब परमेश्वरको आगो स्वर्गबाट बर्सेर तिनी र तिनका पचास जना सेनालाई भस्म पार्यो।
13
यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्!
14
हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!”
15
याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए।
16
तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: के सल्लाह लिनलाई इस्राएलमा परमेश्वर हुनुहुन्नथ्यो र तैँले एक्रोनको देवता बाल-जेबुबकहाँ सल्लाह लिन भनी दूतहरू पठाइस्? तैँले यसो गरेकोले आफू सुतिरहेको पलङ कहिल्यै छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्!”
17
यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो।
18
अहज्याहको शासनका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छैनन् र?
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25