bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 13
2 Kings 13
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 14 →
1
यहूदाका राजा अहज्याहका छोरा योआशको शासनकालको तेईस वर्षमा येहूका छोरा यहोआहाज सामरियामा इस्राएलका राजा भए; र तिनले सत्र वर्ष राज्य गरे।
2
नबातका छोरा यारोबामको मार्गमा हिँडेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि इस्राएललाई पाप गर्न लगाए; तर तिनी ती पापबाट फर्केनन्।
3
यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई लामो समयसम्म अरामका राजा हजाएल र तिनका छोरा बेन-हददका अधीनमा राख्नुभयो।
4
तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो।
5
याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्न थाले।
6
तर तिनीहरू यारोबामका घरानाका पापहरूबाट फर्केनन्, जुन पापहरू तिनले इस्राएललाई गर्न लगाएका थिए। तिनीहरू त्यसैमा लागिरहे। सामरियामा अशेरा देवीको खाँबो पनि खडा नै भइरह्यो।
7
यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए।
8
यहोआहाजका शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9
यहोआहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा येहोआश राजा भए।
10
यहूदाका राजा योआशको सैतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलमाथि राजा भए; र तिनले सोह्र वर्ष राज्य गरे।
11
तिनले याहवेहको दृष्टिमा जे खराब थियो, त्यही दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका कुनै पनि पापबाट हटेनन्, जुन पाप तिनले इस्राएललाई गर्न लगाएका थिए; त्यसैमा तिनी लागिरहे।
12
योआशको शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहको विरुद्धमा तिनले गरेका युद्धहरू, साथै तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
13
योआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र तिनीपछि तिनका छोरा यारोबाम सिंहासनमा बसे। योआश सामरियामा इस्राएलका राजाहरूसित गाडिए।
14
अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए।
15
एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे।
16
तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे।
17
तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।”
18
तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्नुहोस्।” तिनले त्यसलाई तीन पल्ट हानेर रोकिए।
19
परमेश्वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पल्ट हान्नुपर्ने थियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।”
20
त्यसपछि एलीशा मरे, र गाडिए। मोआबी लुटपाट गर्नेहरूले चाहिँ प्रत्येक वसन्त ऋतुमा देशमा प्रवेश गर्नेगर्थे।
21
एक पल्ट इस्राएलीहरूले एक जना मानिसलाई गाडिरहेको बेला अचानक तिनीहरूले लुटपाट गर्नेहरूको एउटा दललाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलीशाको चिहानमा त्यसै फ्याँकिदिए। त्यस मानिसको शरीरले एलीशाका हाडहरू छोएपछि त्यो मानिस जीवित भएर खुट्टामा उभियो।
22
यहोआहाजको शासनकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई सताए।
23
तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन।
24
अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए।
25
तब यहोआहाजका छोरा योआशले हजाएलका छोरा बेन-हददबाट आफ्ना पिता यहोआहाजबाट तिनले लगेका सहरहरू फेरि आफ्नो अधीनमा ल्याए। येहोआशले तीन पल्ट तिनलाई जिते। यसरी तिनले इस्राएलका सहरहरू फेरि प्राप्त गरे।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→