bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 20
2 Kings 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 21 →
1
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
2
हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे,
3
“हे याहवेह, म तपाईंको सामु कसरी विश्वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” तब हिजकिया धुरुधुरु रोए।
4
यशैयाले बीचको चोक छोड्नअगि नै तिनीकहाँ याहवेहको वचन आयो,
5
“फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।
6
म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ”
7
तब यशैयाले भने, “नेभाराको लेप बनाउनुहोस्।” तब तिनीहरूले त्यसै गरे, र त्यसलाई राजाको पिलोमा लगाए र तिनी निको भए।
8
हिजकियाले यशैयालाई सोधेका थिए, “मलाई याहवेहले निको पार्नुहुनेछ र म अबको तेस्रो दिन याहवेहको मन्दिरमा उक्लेर जान सक्नेछु भन्ने चिन्ह के होला?”
9
यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?”
10
हिजकियाहले भने, “छाया दश कदम अगि बढ्नु त साधारण कुरा हो। बरु यो दश कदम पछाडि सरोस्।”
11
तब यशैया अगमवक्ताले याहवेहलाई पुकारे। याहवेहले छायालाई दश कदम पछि जान लाउनुभयो, तब त्यो आहाजको खुड्किलोमा तल झर्यो।
12
त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए। किनकि तिनले हिजकिया बिरामी छन् भनी सुनेका थिए।
13
हिजकियाले ती दूतहरूलाई स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। तिनको महलमा वा सम्पूर्ण राज्यमा भएका सबै थोक हिजकियाले तिनीहरूलाई देखाए।
14
तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट आएका हुन्।”
15
तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएको सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
16
तब यशैयाले हिजकियालाई भने, “याहवेहको वचन सुन्नुहोस्:
17
त्यो समय निश्चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्नुहुन्छ।
18
तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”
19
हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा हुनेछैन र?”
20
हिजकियाको शासनका अरू घटनाहरू, तिनका उपलब्धीहरू, र तिनले पोखरी र सुरुङ बनाएर सहरभित्र पानी ल्याएका विषयहरू, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
21
हिजकिया आफ्ना पुर्खाहरूसित सुते। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→