bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 5
2 Kings 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
1
नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्ठरोग लागेको थियो।
2
अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी।
3
त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्ठरोग निको पारिदिनुहुनेथियो!”
4
नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए।
5
अरामका राजाले जवाफ दिए, “तिमी अवश्य जाऊ। म इस्राएलका राजालाई एउटा पत्र लेखिदिनेछु।” यसकारण आफूसित दश टालेन्ट चाँदी, छ हजार शेकेल सुन र दश जोर लुगा लिएर नामान गए।
6
तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: “तपाईंले मेरा सेवक नामानको कुष्ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।”
7
इस्राएलका राजाले त्यो पत्र पढ्नसाथ आफ्ना वस्त्र च्यातेर भने, “के म परमेश्वर हुँ? के म मारेर फेरि जीवन दिन सक्छु? यस मानिसले कसैलाई उसको कुष्ठरोग निको हुनको लागि किन मकहाँ पठाउँछ? हेर, कसरी त्यसले मसित झगडाको निहुँ खोज्दैछ!”
8
जब परमेश्वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: “तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्नेछ।”
9
यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए।
10
एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सात पल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।”
11
तर नामान रिसाएर गए, र तिनले भने, “मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ।
12
के दमस्कसका अमाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा असल छैनन् र? के म तिनमा नै नुहाएर शुद्ध हुन सक्दिनँ र?” यसकारण तिनी रिसाएर फर्किहाले।
13
नामानका सेवकहरूले तिनीकहाँ गएर भने, “मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?”
14
यसकारण तिनी तल ओर्लेर परमेश्वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
15
तब नामान र तिनका सबै सेवकहरू परमेश्वरका जनकहाँ फर्केर गए। अनि तिनी एलीशाको सामु उभिएर भने, “अब मलाई इस्राएलमा बाहेक सारा संसारभरि कतै पनि ईश्वर छैन भन्ने थाहा भयो। यसकारण अब आफ्नो सेवकबाट केही उपहार ग्रहण गर्नुहोस्!”
16
तर अगमवक्ताले जवाफ दिए, “मैले सेवा गरेको जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले बिन्ती गरिरहे; तर तिनले अस्वीकार गरे।
17
तब नामानले भने, “यदि तपाईंले लिनुहुन्न भने म तपाईंको सेवकलाई एक जोर खच्चरले बोक्न सक्ने माटो दिनुहोस्। किनकि तपाईंको सेवकले अब कहिल्यै पनि याहवेहबाहेक अरू कुनै देवी-देवतालाई होमबलि र बलिदानहरू चढाउनेछैनँ।
18
तर यो एउटा कुरामा चाहिँ याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्: जब मेरा मालिक रिम्मोनको मन्दिरमा आराधना गर्न मेरो हातमा भर परेर पस्नुहुन्छ, र उहाँले त्यहाँ दण्डवत् गर्दा म पनि निहुरन्छु, तब यसका निम्ति याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्।”
19
एलीशाले भने, “शान्तिसित जानुहोस्।” नामान केही टाढासम्म पुगेका थिए,
20
तब परमेश्वरका जन एलीशाका सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले अरामी नामानले ल्याएका कुराहरू ग्रहण नगरेर तिनलाई सजिलैसित छोडिदिए। जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनको पछि दौडेर जान्छु, र तिनीबाट केही उपहार लिन्छु।”
21
यसकारण गेहजी नामानको पछि-पछि हतारिँदै गयो। नामानले त्यसलाई आफूतिर दगुर्दै आएको देखेर तिनी गेहजीलाई भेट्न रथबाट ओर्ले। तब तिनले सोधे, “के सबै ठिकै छ?”
22
गेहजीले जवाफ दियो, “सबै ठिकै छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाडी मुलुकबाट अगमवक्ताहरूको दलका दुई जना जवानहरू भर्खरै मलाई भेट्न आएका छन्। कृपा गरी तिनीहरूलाई एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्।’ ”
23
नामानले भने, “अवश्य, दुई टालेन्ट लैजाऊ।” तिनले गेहजीलाई ती ग्रहण गर्ने बिन्ती गरे। अनि त्यसपछि दुई वटा थैलामा दुई टालेन्ट चाँदी र दुई जोर लुगा बाँधिदिए। गेहजीले ती आफ्ना दुई जना सेवकहरूलाई दिए, र तिनीहरूले ती गेहजीको अगि-अगि बोकेर हिँडे।
24
डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए।
25
तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामु खडा भयो। तब एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “तपाईंको सेवक कहीँ पनि गएको छैन।”
26
तर एलीशाले त्यसलाई भने, “त्यस मानिसले तँलाई भेट्न आफ्नो रथबाट ओर्लिँदा के मेरो आत्मा तँसित थिएन र? के रुपियाँपैसा वा लुगाहरू लिने, जैतुनका रूखहरू, दाखबारीहरू, बगाल र बथान अथवा कमारा-कमारीहरू ग्रहण गर्ने समय यो हो र?
27
अब नामानको कुष्ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्नेबित्तिकै गेहजी कुष्ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25