bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 9
2 Kings 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
1
अगमवक्ता एलीशाले अगमवक्ताहरूका दलबाट एक जना मानिसलाई बोलाउन पठाए, र तिनलाई भने, “कम्मर कस र आफूसित यो तेलको भाँडो लिएर रामोत-गिलादमा जाऊ।
2
त्यहाँ पुगेपछि तिमीले निम्शीका नाति यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, र तिनलाई तिनका मित्रहरूदेखि अलग गरेर एउटा भित्री कोठामा लैजाऊ।
3
तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!”
4
यसकारण ती जवान अगमवक्ता रामोत-गिलादमा गए।
5
त्यहाँ आइपुग्दा तिनले फौजका अधिकारीहरूलाई एकसाथ बसिरहेका भेटे। तिनले भने, “हे सेनापति, मसित तपाईंको निम्ति एउटा खबर छ।” येहूले सोधे, “हामीहरूमध्ये कसका निम्ति?” तिनले जवाफ दिए, “सेनापति ज्यू, तपाईंका निम्ति।”
6
येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु।
7
तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु।
8
आहाबको सम्पूर्ण परिवार नष्ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्का, म नाश गर्नेछु।
9
म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु।
10
ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे।
11
जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।”
12
तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ”
13
तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए।
14
यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
15
तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।”
16
तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए।
17
जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ”
18
त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।”
19
यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!”
20
पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।”
21
योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे।
22
येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”
23
योराम फनक्क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!”
24
तब येहूले आफ्नो धनु निकाले र योरामलाई तिनका कुमको बीचमा हाने। काँडले तिनको मुटु नै छेडिदियो, र तिनी आफ्नो रथैमा ढले।
25
येहूले आफ्ना रथका सेनापति बिदकारलाई भने, “योरामलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमी र म तिनका पिता आहाबको पछि-पछि रथमा चढेर जाँदै गर्दा, याहवेहले यिनको विषयमा यो अगमवाणी गर्नुभएको कुरा सम्झ:
26
‘याहवेह घोषणा गर्नुहुन्छ, हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र म निश्चय त्यस जमिनको टुक्रामा तँलाई तिर्न लगाउनेछु।’ त्यसकारण अब तिनलाई उठाऊ र याहवेहको वचनअनुसार तिनलाई त्यही जमिनमा फ्याँकिदेऊ।”
27
यहूदाका राजा अहज्याहले त्यो घटना देखेपछि तिनी बेथ-हागान जाने बाटोसम्म भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मारिदेओ!” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो चढ्दा तिनका रथमा घाइते पारे। तर तिनी भागेर मगिद्दोमा गए र त्यहीँ नै तिनको मृत्यु भयो।
28
तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे।
29
(आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।)
30
तब येहू यिजरेल गए। यो सुनेर ईजेबेलले आफ्ना आँखामा गाजल लगाइन्, र केश मिलाएर झ्यालबाट तलतिर हेरिन्।
31
येहू मूलढोकाबाट पस्नेबित्तिकै तिनले सोधिन्, “आफ्ना मालिकको हत्यारा ए जिम्री, के तिमी शान्तिपूर्वक आएका हौ?”
32
तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे।
33
येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो।
34
येहू भित्र गएर खानपिन गरे। तिनले भने, “त्यस श्रापित स्त्रीलाई गाड्नू; किनकि त्यो त राजाकी छोरी थिई।”
35
तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्।
36
तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्;
37
ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्न सक्नेछैन।” भनेर भन्नुभएको उहाँको वचन पूरा भएको हो।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25