bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 18
2 Kings 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
1
एलाहका छोरा इस्राएलका राजा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले शासन गर्न थाले।
2
राजा हुँदा तिनी पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।
3
आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
4
तिनले अल्गा देवस्थानहरू हटाइदिए; चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेराका खम्बाहरू ढालिदिए। तिनले मोशाले बनाएका काँसोको सर्पलाई टुक्रा-टुक्रा पारिदिए। किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसका निम्ति धूप बाल्दै आएका थिए। (त्यसलाई नहूश्तान भनिन्थ्यो।)
5
हिजकियाले याहवेह इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका राजाहरूमा तिनका अगि अथवा पछि तिनीजस्ता अरू कोही थिएनन्।
6
तिनी याहवेहसँग उपवास बस्थे, र उहाँलाई पछ्याउन छाडेनन्। तिनले याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
7
याहवेह तिनीसित हुनुभयो। तिनले लिएका जुनसुकै काममा पनि तिनी सफल भए। तिनले अश्शूरको राजाको विरुद्ध विद्रोह गरे, र तिनको सेवा गरेनन्।
8
तिनले पहरेदार बस्ने धरहरादेखि सुरक्षित सहरसम्म पर्खालले घेरे। तिनले पलिश्तीहरूलाई गाजा र त्यसका प्रान्तसम्मै परास्त गरे।
9
राजा हिजकियाको चौथो वर्षमा, अर्थात् एलाहका छोरा इस्राएलका राजा होशियाको सातौँ वर्षमा अश्शूरका राजा शलमनेशेरले सामरियाको विरुद्ध आक्रमण गरे, र त्यसलाई घेरे।
10
तीन वर्षको अन्तमा अश्शूरहरूले त्यसलाई लिए। यसरी सामरिया हिजकियाहको छैटौँ वर्षमा अर्थात् इस्राएलका होशिया राजाको नवौँ वर्षमा कब्जा गरियो।
11
अश्शूरका राजाले इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। अनि तिनीहरूलाई हाबोर नदीको छेउमा गोजानको हलह र मादीहरूका सहरहरूमा बसोबास गराए।
12
तिनीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञा मानेनन्। तर उहाँको करार अर्थात् याहवेहको सेवक मोशाले दिएका सबै आज्ञाहरू भङ्ग गरेकाले, यो हुन आएको थियो। तिनीहरूले न त आज्ञाहरूमा ध्यान दिए, न त ती पालन नै गरे।
13
राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।
14
यसकारण यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा यस्तो खबर पठाए: “मैले भूल गरेँ। आफ्नो सेना हटाउनुहोस्। तपाईंले जे माग्नुहुन्छ, त्यो म तपाईंलाई तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियालाई तीन सय टालेन्ट चाँदी र तीस टालेन्ट सुन दण्ड तोकिदिए।
15
यसकारण हिजकियाले तिनलाई याहवेहको मन्दिर र राजमहलका भण्डारहरूमा भएका सबै चाँदी दिए।
16
त्यस बेला यहूदाका राजा हिजकियाले याहवेहको मन्दिरका ढोकाहरू र ढोकाका खाँबाहरूमा आफूले मोहोरेका सुनहरू निकाले। अनि ती अश्शूरका राजालाई दिए।
17
अश्शूरका राजाले आफ्ना प्रधान सेनापति, आफ्ना प्रमुख अधिकृत र आफ्ना मैदानका सेनापतिलाई हिजकियाकहाँ यरूशलेममा पठाए। तिनीहरू यरूशलेमसम्म आएर धोबीको खेत जाने मूल बाटोमा भएको माथिल्लो पोखरीको कुलोमा अडिए।
18
तिनीहरूले राजालाई बोलाइपठाए। तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीहरूकहाँ गए।
19
मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ?
20
तपाईं भन्नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?
21
अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ।
22
तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्वरमाथि भरोसा राख्छौँ,” भन्नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई भनेका थिए, “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ”?
23
“ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु। तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने!
24
तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने किन मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई अस्वीकार गर्नुहुन्छ?
25
अझ अर्को कुरा, याहवेहबाट कुनै वचन नपाई के म यस ठाउँलाई आक्रमण गरेर नाश गर्न आएको हुँ र? याहवेह आफूले मलाई यस देशको विरुद्धमा गएर यसलाई नाश गर भन्नुभएको छ।’ ”
26
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
27
तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
28
तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन!
29
राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नदेऊ। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।
30
हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
31
“हिजकियाको कुरा नसुन्नू। अश्शूरका राजा भन्नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ, र आफ्नै इनारबाट पिउनेछौ।
32
जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, जैतुनका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो देशमा म आएर लानेछैनँ, तबसम्म मृत्युको सट्टा जीवन चून! “हिजकियाको कुरा नसुन्नू; किनकि तिनले ‘याहवेहले छुटाउनुहुन्छ’ भनेर तिमीहरूलाई भ्रममा पारिरहेका छन्।
33
के कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट कहिल्यै छुटाउन सकेको छ?
34
हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
35
यी देशका देवताहरूमध्ये कसले आफ्नो देशलाई मबाट बचाउन सकेका छन्? त्यसो भए, याहवेहले कसरी यरूशलेमलाई मेरो हातबाट छुटाउन सक्नेछन्?”
36
तर मानिसहरू चुप रहे, र जवाफमा केही भनेनन्; किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
37
तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा, लेखापाल योआ, आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→