bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 11
2 Kings 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
1
जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्।
2
तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्।
3
अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे।
4
सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए।
5
तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू:
6
एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा।
7
अनि तिमीहरूका दुई दल, जो शब्बाथमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू।
8
प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।”
9
पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए।
10
तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए।
11
ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे।
12
यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”
13
अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्।
14
तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
15
यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।”
16
यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्।
17
तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे।
18
देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे। त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए।
19
तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे।
20
अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
21
शासन सुरु गर्दा येहोआश सात वर्षका थिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→