bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 2
2 Kings 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 3 →
1
याहवेहले एलियालाई आँधीबेहरीमा उठाइलैजान अगि एलिया र एलीशा गिलगालबाट आइरहेका थिए।
2
एलियाले एलीशालाई भने, “यहीँ बस; याहवेहले मलाई बेथेलमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू बेथेलमा झरे।
3
बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्ने तिमीलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
4
तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए।
5
यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्ने तिमीलाई थाहा छ?” तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
6
तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे।
7
पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए।
8
एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए।
9
तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “मलाई भन, तिमीबाट लगिनुभन्दा अगि म तिम्रा निम्ति के गरिदिऊँ?” एलीशाले जवाफ दिए, “म तपाईंको आत्माको दोबर भाग प्राप्त गर्न सकूँ।”
10
एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।”
11
तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए।
12
एलीशाले यो देखे, र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” त्यसपछि एलीशाले तिनलाई फेरि कहिल्यै देखेनन्। तब तिनले आफ्नो वस्त्र समाते, र त्यसलाई दुई भाग गरेर च्याते।
13
तिनले एलियाबाट खसेको खास्टो उठाए; र फर्केर यर्दनको किनारमा उभिए।
14
तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए।
15
त्यो दृष्य हेरिरहेका यरीहोका अगमवक्ताहरूका दलले भने, “एलियाको आत्मा एलिशामाथि आएछ।” अनि तिनीहरू एलीशालाई भेट्न गए, र तिनको सामु भुइँसम्म निहुरेर अभिवादन गरे।
16
तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका सेवकहरूसँग पचास जना बलिया मानिसहरू छन्। तिनीहरूलाई तपाईंका मालिकलाई खोज्न जान दिनुहोस्। सायद याहवेहको आत्माले तिनलाई उठाएर लैजानुभयो, र कुनै पहाड अथवा बेँसीमा राखिदिनुभएको छ कि।” एलीशाले भने, “होइन, तिनीहरूलाई नपठाओ।”
17
तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्।
18
जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?”
19
त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।”
20
तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए।
21
तब तिनी पानीको मूलमा गए; र त्यसमा नुन हालेर यसो भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस पानीलाई शुद्ध पारेको छु। यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, र जमिन रुखो बनाउनेछैन।’ ”
22
यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ।
23
त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!”
24
तब तिनले फनक्क फर्केर तिनीहरूतिर हेरे। अनि तिनले याहवेहको नाममा तिनीहरूलाई सरापे। तब जङ्गलबाट दुई वटा माउ भालु निस्के। अनि ती केटाहरूमध्ये बयालीस जना केटाहरूलाई चिथोरेर मारे।
25
अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25