bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 16
2 Kings 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
1
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले शासन गर्न सुरु गरे।
2
राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे ठिक थियो, त्यो गरेनन्।
3
तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे।
4
तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।
5
तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा यरूशलेमको विरुद्धमा गए; र आहाजलाई घेरे। तर तिनीहरूले उनलाई वशमा पार्न सकेनन्।
6
त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्।
7
आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!”
8
तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए।
9
अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे।
10
तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे। अनि पुजारी उरियाहकहाँ त्यस वेदीको नक्सा, त्यसको निर्माणको सम्पूर्ण योजनाको विवरणसितै पठाए।
11
यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए।
12
दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए।
13
तिनले त्यसमा होमबलि र अन्नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के।
14
याहवेहको सामु खडा रहेको काँसोको वेदी मन्दिरको सामुबाट नयाँ वेदी र याहवेहको भवनको बीचबाट तिनले ल्याए। अनि त्यसलाई नयाँ वेदीको उत्तरपट्टि राखे।
15
त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि, राजाको होमबलि र उहाँको अन्नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।”
16
पुजारी उरियाहले राजा आहाजले भनेझैँ गरे।
17
राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे।
18
तिनले मन्दिरमा बनिएको शब्बाथमा प्रयोग गरिने मण्डप, र याहवेहको भवनको बाहिरको राजकीय मार्ग तिनले अश्शूरको राजाको कारणले हटाइदिए।
19
आहाजको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
20
आहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते; अनि तिनीहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→