bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 6
2 Kings 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
1
अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ।
2
हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” एलीशाले भने, “जाओ।”
3
तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्न र?” एलीशाले जवाफ दिए, “म आउनेछु।”
4
अनि तिनी उनीहरूसित गए। तिनीहरू यर्दनमा पुगेर रूखहरू ढाल्न थाले।
5
तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”
6
परमेश्वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो।
7
तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए।
8
त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।”
9
परमेश्वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।”
10
यसकारण इस्राएलका राजाले परमेश्वरका जनले भनेको ठाउँलाई हेरविचार गरे। एलीशाले घरी-घरी राजालाई चेतावनी दिइरहन्थे। त्यसैले तिनी यस्ता ठाउँहरूमा सतर्क भइरहन्थे।
11
यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?”
12
एक जना अधिकृतले भने, “हे महाराजा, हामीमध्ये कोही पनि छैन। तर इस्राएलमा भएका अगमवक्ता एलीशाले तपाईंले आफ्नै पलङमा बोल्नुभएको कुरासमेत इस्राएलका राजालाई सुनाइदिन्छन्।”
13
राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्ने खबर आयो।
14
तब तिनले त्यहाँ घोडाहरू, रथहरू र बलियो फौज पठाए। तिनीहरूले राति गएर त्यस सहरलाई घेरे।
15
भोलिपल्ट परमेश्वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”
16
अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।”
17
तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।
18
जब शत्रु तिनी भएतिर ओर्ले, तब एलीशाले याहवेहसित प्रार्थना गरे, “यी मानिसहरूलाई दृष्टिविहीन तुल्याइदिनुहोस्।” यसकारण उहाँले तिनीहरूलाई एलीशाले प्रार्थना गरेझैँ दृष्टिविहीन तुल्याइदिनुभयो।
19
एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्याइदिए।
20
तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे।
21
इस्राएलका राजाले तिनीहरूलाई देखेपछि एलीशालाई सोधे, “के म तिनीहरूलाई मारूँ? हे मेरा पिता, के म तिनीहरूलाई मारूँ?”
22
तब तिनले भने, “तिनीहरूलाई नमार्नुहोस्! के तपाईंले कैद गरेर ल्याउनुभएका मानिसहरूलाई तपाईं आफ्नै तरवार अथवा धनुले मार्नुहुन्छ? तिनीहरूले खानपिन गरून् भनी तिनीहरूको अगि भोजन र पानी राखिदिनुहोस्। अनि त्यसपछि तिनीहरू आफ्ना मालिककहाँ फर्केर जाऊन्।”
23
यसकारण तिनले तिनीहरूका निम्ति एउटा ठूलो भोज तयार गरे। अनि तिनीहरूले खानपिन गरिसकेपछि एलीशाले तिनीहरूलाई पठाइदिए। त्यसपछि अरामका दलले इस्राएलको भूमिमा आक्रमण गर्न छोडे।
24
केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले।
25
त्यस सहरमा ठूलो अनिकाल पर्यो। अनिकाल यति लामो समयसम्म रह्यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल चाँदी र एक कब सिमीको पाँच शेकेल मूल्य भयो।
26
जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!”
27
राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?”
28
तब तिनले सोधे, “तिमीलाई के भयो?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’
29
यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।”
30
जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे।
31
राजाले भने, “यदि शापातका छोरा एलीशाको शिर आज शरीरदेखि अलग भएन भने परमेश्वरले मप्रति अति कठोर व्यवहार गरून्!”
32
अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?”
33
तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25