bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 25
2 Kings 25
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
1
यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
2
राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
3
चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
4
तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर भागे।
5
तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए,
6
र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो।
7
तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
8
बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए।
9
तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।
10
बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए।
11
अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे।
12
तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए।
13
बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
14
तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।
15
राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे।
16
सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए।
17
प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो।
18
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
19
सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
20
सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।
21
त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
22
यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे।
23
जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
24
गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”
25
तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे।
26
यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे।
27
यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए।
28
तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाका सम्मानको आसन दिए।
29
यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
30
तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→