bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 15
2 Kings 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 16 →
1
इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले शासन गर्न थाले।
2
राजा हुँदा तिनी सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो; जो यरूशलेमकी थिइन्।
3
तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
4
तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे।
5
याहवेहले राजालाई कुष्ठरोगले प्रहार गर्नुभयो। तब तिनी नमरेसम्म एउटा अलग्गै घरमा बसे। राजाका छोरा योताम महलको जिम्मामा बसे। तिनले देशवासीहरूमाथि शासन गरे।
6
अजर्याहका शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
7
अजर्याह आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र तिनीहरूको छेउमा दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा योताम राजा भए।
8
यहूदाका राजा अजर्याहका अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए। तिनले छ महिना राज्य गरे।
9
तिनले आफ्ना पुर्खाहरूले झैँ याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
10
याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे। तिनले मानिसहरूकै सामु आक्रमण गरेर उनलाई मारे, र तिनीपछि राजा भए।
11
जकरियाका शासनका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
12
यसरी, “तेरा सन्तानहरूहरू चौथो पुस्तामा इस्राएलको सिंहासनमा बस्नेछन्” भन्ने येहूलाई भनिएको याहवेहको वचन पूरा भयो।
13
यहूदाका राजा उज्जियाहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्लूम राजा भए। तिनले सामरियामा एक महिना राज्य गरे।
14
तब गादीका छोरा मनहेम तिर्साबाट सामरियामा गए। तिनले याबेशका छोरा शल्लूमलाई सामरियामा आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
15
शल्लूमको शासनका अरू घटनाहरू र तिनले गरेका षड्यन्त्रहरू इस्राएलका राजाहरूको इतिहासका पुस्तकमा लेखिएका छन्।
16
त्यस बेला मनहेमले तिर्साबाट सुरु गरेर तिप्सालाई आक्रमण गरे। सहर र त्यसका चारैतिरका प्रत्येकलाई पनि तिनीहरूले आफ्ना मूलढोकाहरू खोलिदिन नमानेकाले आक्रमण गरे। तिनले तिसालाई लुटे। अनि सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
17
यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे।
18
तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
19
तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट चाँदी दिए।
20
मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए।
21
मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
22
मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए।
23
यहूदाका राजा अजर्याहका पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए; र तिनले दुई वर्ष राज्य गरे।
24
पकहीयाले याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्, जसलाई गरेर तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
25
तिनका मुख्य अधिकृतहरूमध्ये एक जना रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र गरे। आफूसित गिलादका पचास जना मानिसहरू लिएर तिनले सामरियामा भएको राजमहलको गढीमा पकहीया अनि अर्गोब र अरिहलाई मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
26
पकहीयाको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
27
यहूदाका राजा अजर्याहका बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए। तिनले बीस वर्ष राज्य गरे।
28
तिनले याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई गर्न लगाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
29
इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए। अनि इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोरलाई लिए। तिनले गिलाद, गालील अनि नप्तालीका सम्पूर्ण भूमि लिए। मानिसहरूलाई बन्दी बनाएर अश्शूर लगे।
30
तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनीमाथि आक्रमण गरेर उनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
31
पेकहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको पुस्तकहरूमा लेखिएका छैनन् र?
32
रमल्याहका छोरा इस्राएलका राजा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले शासन गर्न सुरु गरे।
33
राजा हुँदा तिनी पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।
34
तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
35
तरै पनि अल्गा देवस्थानहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। योतामले याहवेहको मन्दिरको माथिल्लो मूलढोका पुनर्निर्माण गरे।
36
योतामको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
37
(ती दिनहरूमा याहवेहले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन थाल्नुभयो)।
38
योताम आफ्ना पुर्खाहरूसित सुते र आफ्ना पिताको सहर दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाजले राज्य गरे।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25