bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 3
2 Kings 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 4 →
1
यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। तिनले बाह्र वर्ष राज्य गरे।
2
तिनले याहवेहको दृष्टिमा दुष्टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए।
3
तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्।
4
यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।
5
तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे।
6
यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे।
7
तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।”
8
तब तिनले सोधे, “हामीले कुन दिशाबाट आक्रमण गरौँ?” तिनले जवाफ दिए, “एदोमको उजाडस्थानबाट।”
9
यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन।
10
इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?”
11
तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्लाह लिन सकौँ?” इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे। ”
12
यहोशापातले भने, “याहवेहको वचन तिनीसित छ।” यसकारण इस्राएलका राजा र यहोशापात अनि एदोमका राजा तिनीकहाँ तल गए।
13
एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो आपसमा के सम्बन्ध छ र? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।” इस्राएलका राजाले जवाफ दिए, “होइन, किनकि याहवेहले नै हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिन बोलाउनुभयो।”
14
एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ।
15
तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।
16
अनि तिनले भने, “याहवेह यसो भन्नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु।
17
किनकि याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्।
18
यो त याहवेहको दृष्टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ।
19
तिमीहरूले प्रत्येक सुरक्षित र मुख्य नगरलाई जित्नेछौ। तिमीहरूले प्रत्येक असल रूख काटेर ढाल्नेछौ। सबै पानीका मूलहरू बन्द गरिदिनेछौ। अनि प्रत्येक असल खेतलाई ढुङ्गाहरूले नष्ट पारिदिनेछौ।”
20
भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो।
21
जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए।
22
जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे।
23
तिनीहरूले भने, “त्यो त रगत हो! ती राजाहरूले आपसमा लडाइँ गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!”
24
तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे।
25
तिनीहरूले नगरहरू नष्ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे।
26
जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए।
27
तब तिनले तिनीपछि राजा हुने आफ्ना जेठा छोरालाई लगेर त्यसलाई सहरको पर्खालमाथि बलिदानस्वरूप चढाए। इस्राएलको विरुद्धमा उठेको क्रोध प्रचण्ड थियो। इस्राएलीहरू त्यहाँबाट हटेर आफ्नै देशमा फर्के।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25