bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 12
2 Kings 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
1
येहूको सातौँ वर्षमा येहोआश राजा भए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।
2
येहोआशले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए।
3
तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।
4
येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू।
5
प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”
6
तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्।
7
यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।”
8
तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए।
9
पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले।
10
तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे।
11
त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई,
12
डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले याहवेहको भवन मरमतका लागि काठहरू, काटिएका ढुङ्गाहरू किने र आवश्यक रकम भुक्तानी गरे।
13
तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्।
14
त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो।
15
कामदारहरूलाई ज्याला दिनेहरूबाट तिनीहरूले रुपियाँपैसाको हिसाब लिएनन्; किनकि तिनीहरूले पूर्ण इमानदारीसाथ काम गर्थे।
16
दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो।
17
त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के।
18
तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए।
19
योआशको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
20
तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा मारे।
21
तिनलाई हत्या गर्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→