bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Kings 23
2 Kings 23
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 24 →
1
तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।
2
तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र अगमवक्ताहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।
3
राजा खम्बाको छेउमा उभिए, र याहवेहको पछि-पछि हिँड्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि याहवेहको उपस्थितिमा करारलाई पूरा गर्ने वाचा गरे। यसरी यस पुस्तकमा लेखिएका करारका कुराहरू पक्का गरे। तब सबै मानिसहरूले आफूलाई करारमा प्रतिज्ञावद्ध गराए।
4
राजाले प्रधान पुजारी हिल्कियाह, तिनको दर्जामुनिका पुजारीहरू र पहरेदारहरूलाई याहवेहको मन्दिरबाट बाल, अशेरा र सारा तारामण्डलका निम्ति बनाइएका सबै चीजहरू हटाउने आदेश दिए। तिनले ती यरूशलेमको बाहिर किद्रोन खोल्साका खेतहरूमा जलाइदिए; र तिनको खरानी बेथेलमा लगे।
5
तिनले यहूदाका सहरहरूका अल्गा देवस्थानहरू र यरूशलेमका चारैतिरका धूप बाल्नलाई यहूदाका राजाहरूले नियुक्त गरेका मूर्तिपूजक पुजारीहरूलाई निकालिदिए—तिनीहरूलाई, जसले बाल, घाम र चन्द्रमा, नक्षत्र र सारा तारामण्डलका निम्ति धूप बाल्दथे।
6
तिनले अशेराको खाँबोलाई याहवेहको मन्दिरबाट निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्सामा लगेर जलाइदिए, र त्यसलाई कुटेर धुलोपिठो बनाए। अनि त्यसको धुलो साधारण मानिसहरूका चिहानमाथि छरिदिए।
7
याहवेहको मन्दिरमा आएका देवस्थानका देवदासहरूका घरहरू तिनले भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराको निम्ति लुगा बुन्ने गर्थे।
8
योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीहरूलाई ल्याए; र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बालेका अग्ला देवस्थानहरूलाई अपवित्र तुल्याइदिए। तिनले सहरमा राज्यपाल यहोशूको ढोकाको मूर्ति पुज्ने देवस्थानहरू भत्काइदिए, जुन सहरको मूलढोकाको देब्रेपट्टि थियो।
9
ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए।
10
तिनले बेन-हिन्नोमको खोल्सामा भएको तोपेतलाई अपवित्र तुल्याइदिए; ताकि कसैले पनि त्यसलाई मोलेखका निम्ति आगोमा आफ्ना छोरा अथवा छोरीलाई बलिदान चढाउनु नपरोस्।
11
तिनले याहवेहको मन्दिरको प्रवेशद्वारबाट यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरूलाई हटाइदिए। ती नातान-मेलेक नाम भएको एक जना अधिकृतको कोठा नजिक राखिएका थिए। तब योशियाहले सूर्यलाई अर्पण गरिएका रथहरू जलाइदिए।
12
तिनले यहूदाका राजाहरूले आहाजका माथिल्लो कोठाको छेउको छानामा बनाएका वेदीहरू र मनश्शेले याहवेहको मन्दिरका दुई वटा चोकहरूमा बनाएका वेदीहरू तानेर खसाइदिए। तिनले ती त्यहाँबाट हटाइदिएर ती टुक्रा-टुक्रा पारेर कुच्याइदिए; अनि ती टुक्राहरू किद्रोनको खोल्सामा फ्याँकिदिए।
13
राजाले यरूशलेमको पूर्वपट्टि दुष्टताको डाँडामा भएका अल्गा देवस्थानहरू, अर्थात् इस्राएलका राजा सोलोमनले सीदोनीहरूका घृणित देवी अश्तोरेतको निम्ति मोआबका घिनलाग्दो देवता मोलेख र अम्मोनका निम्ति बनाएका अग्ला ठाउँहरूलाई अपवित्र तुल्याइदिए।
14
योशियाहले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए। अशेराका खम्बाहरू काटेर ढालिदिए। अनि त्यस ठाउँलाई मानिसहरूका हाडहरूले ढाकिदिए।
15
यहाँसम्म कि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामले बेथेलमा बनाएको अल्गा देवस्थान, त्यो वेदी र अल्गा देवस्थानलाई समेत तिनले भत्काइदिए। तिनले त्यो अल्गा देवस्थानलाई जलाएर धुलोपिठो पारिदिए; अनि अशेराको खाँबोलाई पनि जलाइदिए।
16
त्यसपछि योशियाहले चारैतिर हेरे। अनि डाँडाको ठाउँमा चिहानहरू देखेपछि तिनले त्यहाँबाट हाडहरू निकाल्न र यी कुराहरूलाई पहिलेबाट नै भनिदिने परमेश्वरका जनद्वारा घोषित भएको याहवेहको वचनअनुसार त्यसलाई अपवित्र पार्नलाई वेदीमा जलाइदिए।
17
राजाले सोधे, “मैले देखेको त्यो स्मारक के हो?” त्यस सहरका मानिसहरूले भने, “यो परमेश्वरका त्यस जनको चिहानको निशानी हो, जसले यहूदाबाट आएर बेथेलको वेदीको विरुद्धमा तपाईंले यसलाई गर्नुभएकै कुरा उच्चारण गरेका थिए।”
18
तिनले भने, “यसलाई यसै छोडिदेऊ। तिनका हाडहरूलाई कसैले नहटाऊन्।” यसकारण तिनीहरूले तिनका हाडहरू र सामरियाबाट आएका अगमवक्ताका हाडहरू त्यसै छोडिदिए।
19
सामरियाका सहरहरूमा भएका अग्ला देवस्थानहरू, जो याहवेहलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, अल्गा ठाउँका ती सबै देवस्थानहरू पनि योशियाहले हटाए; र बेथेलमा तिनले जस्तो गरेका थिए, त्यसरी नै अपवित्र तुल्याइदिए।
20
योशियाहले ती अग्ला देवस्थानहरूका सबै पुजारीहरूलाई वेदीमाथि मारिदिए। अनि तिनीहरूमाथि मानिसहरूका हाडहरू जलाइदिए। त्यसपछि तिनी यरूशलेममा फर्के।
21
राजाले सबै मानिसहरूलाई यो हुकुम दिए: “करारको पुस्तकमा लेखिएअनुसार याहवेह तिमीहरूका परमेश्वरको निम्ति निस्तार चाड मनाओ।”
22
न त इस्राएललाई डोर्याउने न्यायकर्ताहरूका समयमा अथवा इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयमा नै यस्तो निस्तार चाड मनाइएको थियो।
23
तर योशियाह राजाको अठारौँ वर्षमा यो निस्तार चाड याहवेहका निम्ति यरूशलेममा मनाइयो।
24
त्यसबाहेक योशियाहले यरूशलेममा देखिने भूतप्रेत खेलाउनेहरू, जोखना हेर्नेहरू, घर-देवताहरू, मूर्तिहरू र अरू घिनलाग्दा कुराहरू निकालिदिए। यो तिनले पुजारीले याहवेहको मन्दिरमा भेट्टाएको पुस्तकमा लेखिएको व्यवस्थाको नियमअनुसार गरेका थिए।
25
आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर याहवेहतिर त्यसरी फर्कने तिनीअगि वा तिनीपछिका तिनीजस्तो अरू कुनै राजा भएनन्।
26
तरै पनि याहवेह आफ्नो भयानक रिसबाट फर्कनुभएन। किनभने मनश्शेले उहाँलाई रिस उठाउन गरेका सबै कामहरूको कारण यहूदाप्रति उहाँको रिस दन्किएको थियो।
27
यसकारण याहवेहले भन्नुभयो, “मैले इस्राएललाई हटाएझैँ यहूदालाई पनि म आफ्नो उपस्थितिबाट हटाउनेछु। अनि आफूले चुनेको सहर यरूशलेम र यो मन्दिर, जसको विषयमा मैले यसो भनेँ, ‘मेरो नाम त्यहाँ हुनेछ’ म त्याग्नेछु।”
28
योशियाहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषय, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
29
योशियाह राजा भएको बेला इजिप्टका राजा फारो नेको अश्शूरका राजालाई सहायता दिन यूफ्रेटिस नदीमा गए। राजा योशियाह तिनीसित युद्ध गर्न गए। तर नेकोले तिनको सामना गरे; र मगिद्दोमा तिनलाई मारे।
30
योशियाहका सेवकहरूले तिनको शरीरलाई मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको आफ्नै चिहानमा गाडे। तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई राज्याभिषेक गरेर तिनलाई आफ्ना पिताको ठाउँमा राजा बनाए।
31
राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्।
32
तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे।
33
फारो नेकोले तिनले यरूशलेममा शासन नगरून् भनी तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधे। अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।
34
फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए। अनि तिनको नाम एल्याकीमबाट यहोयाकीम राखिदिए।
35
यहोयाकीमले फारो नेकोलाई तिनको माग अनुसारको चाँदी र सुन तिरे। यसो गर्नका निम्ति तिनले देशमाथि कर लगाए। तिनीहरूको सम्पत्तिको मूल्याङ्कनअनुसार देशवासीहरूबाट चाँदी र सुन लिए।
36
राजा हुँदा यहोयाकीम पच्चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम जबुदा थियो, जो पदायाहकी छोरी थिइन्। तिनी रूमाकी थिइन्।
37
तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
Recommended Reading
Commentary
2 Kings Commentaries
→
Devotional
2 Kings Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→