bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 1
Mark 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
1
परमेश्वरका पुत्र येशू ख्रीष्टबारे सुसमाचार यसरी सुरु हुन्छ।
2
यशैया अगमवक्ताको पुस्तकमा लेखिएअनुसार— “हेर, तिम्रो बाटो तयार पार्नलाई मेरो दूत म तिम्रो अघि पठाउँछु।”
3
सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्नुहुने गोरेटाहरू सोझ्याओ!”
4
यूहन्ना मानिसहरूलाई बप्तिस्मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्चाताप गरेर पाप छोड र बप्तिस्मा लेओ र परमेश्वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।”
5
यहूदियाको इलाका र यरूशलेम सहरका सबै मानिसहरू यूहन्नाकहाँ आए। पाप मानिलिने जतिलाई यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिए।
6
यूहन्नाले ऊँटका रौंको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे अनि सलह र बन-मह खान्थे।
7
उनले मानिसहरूलाई यसो भन्थे, “मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैनँ।
8
मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
9
यूहन्नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्नाको हातबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो।
10
पानीबाट बाहिर निस्कनेबित्तिकै येशूले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो।
11
अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”
12
त्यसपछि तुरुन्तै परमेश्वरको आत्माले येशूलाई उजाड-स्थानमा लैजानुभयो।
13
त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म पापमा फसाउन जाँच गर्यो। त्यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्वर्गदूतहरूले आएर उहाँको सेवा गरे।
14
यूहन्ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्वरको सुसमाचार सुनाउन लाग्नुभयो।
15
उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।”
16
गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो।
17
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
18
यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे।
19
अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्दियाका दुई छोराहरू याकूब र यूहन्नालाई देख्नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्दै थिए।
20
येशूले तिनीहरूलाई पनि तुरुन्तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे।
21
येशू ती चेलाहरूसँग कफर्नहूम सहरमा जानुभयो अनि विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिन लाग्नुभयो।
22
उहाँको शिक्षा सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो।
23
त्यति नै बेला सभाघरभित्र एउटा भूत लागेको मानिसले चिच्च्याउँदै भन्यो,
24
“हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्वरले पठाउनुभएको पवित्र जन हुनुहुन्छ भनेर म चिन्दछु।”
25
येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!”
26
त्यत्तिकैमा भूतले त्यस मानिसलाई मुर्च्छा पार्यो र ठूलो सोरले चिच्च्याउँदै निस्केर गयो।
27
यो देख्ने जति सबै मानिसहरू छक्क परे र भन्न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्छ अनि तिनीहरूले मान्दा रहेछन्।”
28
अनि तुरुन्तै येशूको चर्चा गालीलको चारैतिर फैलियो।
29
सभाघरबाट तुरुन्तै निस्केर येशू सरासर सिमोन र अन्द्रियासका घरतिर जानुभयो। उहाँहरूसँगै याकूब र यूहन्ना पनि गए।
30
त्यो दिन सिमोनकी सासू ज्वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए।
31
येशूले नजिकै गएर बिरामीको हात समात्दै उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा-सत्कार गर्न लागिन्।
32
त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्याए
33
र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए।
34
येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्नुभयो। येशू को हुनुहुन्छ भनी ती भूतहरूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई बोल्नै दिनुभएन।
35
भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो
36
अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्न गए।
37
उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!”
38
यो सुनेर येशूले भन्नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।”
39
अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्दै गालीलभरि घुम्नुभयो।
40
एक जना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो र उहाँको पाउमा परेर भन्यो, “हजुरले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
41
यो सुनेर येशूको हृदय मायाले भरियो र उहाँले उसमाथि हात राखेर भन्नुभयो, “म चाहन्छु तिमी शुद्ध होऊ।”
42
त्यति नै बेला उसको त्यो रोग निको भइहाल्यो र ऊ शुद्ध भयो।
43
शुद्ध हुनेबित्तिकै येशूले उसलाई बिदा गर्दै कडा आज्ञा दिएर भन्नुभयो,
44
“हेर, यो कुरा कसैलाई नभन्नू है! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। अनि मोशाले अह्राएजस्तै भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देओ।”
45
तर त्यो मानिस गएर आफू शुद्ध भएको कुरा चारैतिर सुनायो। त्यसले गर्दा यतिसम्म भयो कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला पस्न सक्नुभएन। त्यसकारण येशू एकान्त ठाउँहरूमा बस्न जानुभयो। तर त्यहाँ पनि मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16