bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 11
Mark 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 12 →
1
यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेम नजिकै जैतुन डाँडानेरको बेथफागे र बेथानिया भन्ने गाउँमा आइपुग्नुभयो। त्यहाँदेखि येशूले दुई जना चेलाहरूलाई यसो भन्दै पठाउनुभयो,
2
“त्यो पल्लो गाउँमा जाओ। गाउँमा पस्नेबित्तिकै तिमीहरूले कहिल्यै पनि कोही नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ।
3
यदि कसैले ‘यो के गरेको?’ भनेर सोध्यो भने, ‘यो प्रभुलाई चाहिएको छ, उहाँले चाँडै नै फर्काइदिनुहुनेछ’ भन।”
4
तिनीहरू गए र त्यो बछेडा बाटोनेर एउटा घरको ढोका अगाडि बाँधिराखेको भेट्टाए। त्यसलाई फुकाउन लाग्दा
5
नजिकै उभिएका मानिसहरूले तिनीहरूलाई सोधे, “त्यो गधालाई फुकाएर के गर्दै छौ?”
6
येशूले भनेजस्तै चेलाहरूले जवाफ दिए अनि त्यहाँ भएका मानिसहरूले गधाको बछेडा लैजान दिए।
7
चेलाहरूले त्यस गधालाई येशूकहाँ ल्याएर त्यसमा आफ्ना लुगाहरू ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो।
8
धेरै मानिसहरूले आ-आफ्ना खास्टाहरू फुकाएर बाटोमा ओछ्याइदिए र अरू कतिले चाहिँ पाखाबाट रूखका स्याउला ल्याएर ओछ्याइदिए।
9
येशूको अघि र पछि लाग्ने मानिसहरूले यसो भन्दै जय-जयकार गर्न थाले, “परमेश्वरको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ!
10
अब हाम्रा पुर्खा दाऊद राजाको राज्य आउन लागेको छ। उहाँकै राज्यको जय होस्! सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जय होस्!”
11
यसरी यरूशलेममा आइपुग्नुभएपछि येशू मन्दिरमा पस्नुभयो। उहाँले मन्दिरमा चारैतिर हेर्नुभयो। तर अबेर भएकोले आफ्ना चेलाहरूलाई लिएर बेथानिया गाउँमा जानुभयो।
12
भोलिपल्ट उहाँहरू बेथानियाबाट फर्कनुहुँदा येशूलाई भोक लागेको थियो।
13
येशूले अलिक पर एउटा झ्याम्म परेको नेभाराको रूख देख्नुभयो। तर फल छ कि भनेर हेर्न जाँदा त त्यस रूखमा पात मात्रै पाउनुभयो किनभने नेभारा फल्ने बेलै भएको थिएन।
14
येशूले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँबाट कसैले पनि फल खान नपाओस्।” यो कुरा उहाँका चेलाहरूले सुने।
15
येशू चेलाहरूसँग फेरि यरूशलेममा पस्नुभयो र मन्दिरमा जानुभयो। उहाँले मन्दिरमा किनबेच गर्ने सबै व्यापारीहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका मुढाहरू पल्टाइदिनुभयो।
16
उहाँले मन्दिरको बाटो भएर कसैलाई पनि केही कुरा लाने र ल्याउने गर्न दिनुभएन।
17
त्यसपछि उहाँले मानिसहरूलाई शिक्षा दिंदै भन्नुभयो, “के धर्मशास्त्रमा यसरी लेखिएको छैन र— ‘मेरो घर सबै जातिका मानिसहरूको लागि प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।”
18
यो कुरा मुख्य पूजाहारी र धर्म-गुरुहरूले सुने। तिनीहरूले येशूलाई मार्ने उपाय खोज्न थाले किनभने येशूको शिक्षा सुनेर सबै मानिसहरू छक्क पर्थे। त्यसैले तिनीहरू येशूदेखि डराएका थिए।
19
साँझ परेपछि येशू आफ्ना चेलाहरूसँगै यरूशलेम सहरबाट निस्केर जानुभयो।
20
भोलिपल्ट बिहानै बाटोमा हिंड्दाहिंड्दै उहाँहरूले त्यही नेभाराको रूख देख्नुभयो। त्यो त जरैसम्म सुकिसकेको रहेछ।
21
येशूले त्यस रूखलाई भन्नुभएको कुरा सम्झेर पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् गुरुज्यू, तपाईंले सराप दिनुभएको रूख त मरेछ।”
22
अनि येशूले चेलाहरूलाई भन्नुभयो, “परमेश्वरमाथि विश्वास गर।
23
साँच्चै म तिमीहरूलाई भन्छु, कसैले मनमा अलिकति पनि शङ्का नराखी आफूले भनेको कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘यहाँबाट हटेर समुद्रमा खस्’ भन्यो भने उसले भनेको त्यो कुरा पूरा हुनेछ।
24
यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।
25
तिमीहरू प्रार्थना गर्न लाग्दा यदि तिमीहरूको कसैप्रति तीतोपना छ भने उसलाई क्षमा देओ। अनि स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछ।
26
[तर अरूलाई क्षमा दिंदैनौ भने स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछैन।”]
27
येशू आफ्ना चेलाहरूसँग फेरि यरूशलेममा आउनुभयो। मन्दिरमा हिँडिरहँदा मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू उहाँकहाँ आएर
28
उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?”
29
येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ देओ अनि मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु।
30
लौ भन; यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?”
31
यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्छन्।
32
यदि मानिसबाट भनौं भने कसरी भन्ने?” यसो भन्न तिनीहरू डराए किनभने सबै जनाले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्थे।
33
यसकारण तिनीहरूले येशूलाई भने, “खै हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16