bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 3
Mark 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
येशू सभाघरमा जानुहुँदा त्यहाँ एक जना हात सुकेको मानिस थियो।
2
पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्यहाँ थिए।
3
येशूले हात सुकेको त्यस मानिसलाई बोलाएर भन्नुभयो, “उठेर अगाडि आऊ।”
4
त्यसपछि येशूले मानिसहरूलाई सोध्नुभयो, “लौ भन्नुहोस्, हाम्रो व्यवस्थाले विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नू भन्छ कि हानि गर्नू? बचाउनू भन्छ कि मार्नू?” तर मानिसहरूले केही पनि जवाफ दिएनन्।
5
त्यसो हुँदा येशूले झोकिएर तिनीहरू सबैलाई सरसरी हेर्नुभयो। ती मानिसहरूको कठोर मनलाई देखेर उहाँ असाध्यै दु:खित हुनुभयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो।
6
अब फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूचाहिँ सभाघरबाट निस्केर गए र तुरुन्तै हेरोद राजाका मानिसहरूसँग भेटेर येशूलाई कसरी मार्ने भनी सल्लाह गर्न लागे।
7
येशू आफ्ना चेलाहरूसित गालील तालको छेउमा जानुभयो। त्यहाँ थुप्रै मानिसहरू उहाँको पछि लागेर आए।
8
येशूले गर्नुभएका अचम्मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए।
9
यो देखेर मानिसको घुइँचोले आफूलाई नमिचोस् भनी येशूले चेलाहरूलाई एउटा नाउ ल्याउन लगाउनुभयो।
10
उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको थियो। त्यसैले बिरामीहरू उहाँलाई छुन तँ छाड र म छाड गरिरहेका थिए।
11
भूत लागेका मानिसहरू जतिले उहाँलाई देख्नेबित्तिकै उहाँका पाउमा परी चिच्च्याउँदै भने, “तपाईं त परमेश्वरका पुत्र हुनुहुन्छ!”
12
तर येशूले “म को हुँ भन्ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो।
13
येशू एउटा डाँडामा उक्लिनुभयो र आफूलाई चाहिए जति चेलाहरूलाई बोलाउनुभयो। तिनीहरू उहाँकहाँ आए।
14
[14-15] आफूसँगै रहून् अनि मानिसहरूलाई सुसमाचार सुनाउन जाऊन् र भूतहरूलाई निकाल्न सक्ने अधिकार पाऊन् भनेर उहाँले बाह्र जनालाई खटाउनुभयो र प्रेरित भनी नाउँ दिनुभयो।
16
येशूले यिनै बाह्र जनालाई छान्नुभयो— सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्नुभयो।
17
जब्दियाका दुई भाइ छोरा याकूब र यूहन्ना, यिनीहरूको नाउँ उहाँले “बोअनर्गेस” राख्नुभयो, जसको अर्थ गर्जनका सन्तान हो।
18
अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फायसका छोरा याकूब, थेदियस र देशभक्त दलको सिमोन
19
र येशूलाई पक्राइदिने यहूदा इस्करियोत।
20
त्यसपछि येशू घर जानुभयो। फेरि त्यहाँ यति धेरै मानिसको घुइँचो भयो कि येशू र उहाँका चेलाहरूले खाने फुर्सदसम्म पनि पाउनुभएन।
21
यो कुरा सुनेर उहाँका आफ्नै परिवारकाहरूले उहाँलाई लिन गए किनभने उहाँ बौलाउनुभएको भनेर मानिसहरूले भन्दै थिए।
22
यरूशलेमबाट आएका केही धर्म-गुरुहरूले चाहिँ “यसलाई बालजिबुल भन्ने भूत चढेको छ, यही भूतको राजाको शक्तिले यसले भूतहरू धपाउँछ” भन्न लागे।
23
त्यसैले येशूले ती धर्म-गुरुहरूलाई बोलाएर यस कुराको बारेमा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “शैतान आफैंले आफैंलाई कसरी खेद्न सक्ला र?
24
कुनै देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ।
25
फेरि कुनै घरमा फाटो परेर आपसमा झगडा पर्यो भने त्यो घर पनि टिक्न सक्दैन।
26
त्यसै गरी शैतानको राज्यमा पनि फाटो आयो भने त्यो टिक्दैन र टुक्रिएर आफैं नाश हुन्छ।
27
कसैले हतियार भिरेको बलियो मानिसको घर फोरेर लुट्न खोज्छ भने के त्यसलाई पहिले बाँध्नुपर्दैन र? त्यसपछि मात्र उसले त्यो बलियो मानिसको घर लुट्न सक्छ।
28
“साँच्चै म तिमीहरूलाई भन्छु, मानिसले गर्ने सबै पाप र परमेश्वरलाई निन्दा गर्ने पापसमेत क्षमा हुन सक्छ।
29
तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ कहिल्यै पनि क्षमा हुनेछैन। त्यो मानिस कहिल्यै पनि नमेटिने पापको दोषी हुन्छ।”
30
तिनीहरूले उहाँलाई भूतात्मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्नुभएको हो।
31
त्यसै बेला येशूका आमा र भाइहरू आइपुगे। तिनीहरूले बाहिरै पर्खेर येशूलाई बोलाउन लगाए।
32
येशूका वरिपरि मानिसको भीड थियो। अनि कसैले उहाँलाई भन्यो, “गुरुज्यू, तपाईंका आमा र भाइहरूले बाहिर तपाईंलाई बोलाउँदै छन्।”
33
येशूले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
34
अनि उहाँले आफ्ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्
35
किनभने परमेश्वरको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16