bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 12
Mark 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
1
येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए। उनले दाखबारीको चारैतिर बारहरू लगाइदिए एउटा खाडल खनेर दाख पेल्ने कोल बनाइदिए र त्यो दाखबारी कुर्ने मचान पनि बनाइदिए अनि त्यो दाखबारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे।
2
“अङ्गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए।
3
तर ती मोहीहरूले त्यस नोकरलाई कुटेर केही पनि नदिई फर्काइदिए।
4
त्यसपछि बारीको धनीले अर्को नोकर पठाए, तर त्यसलाई पनि मोहीहरूले बेइज्जत गरेर टाउको फुटाइदिए।
5
धनीले फेरि अर्को नोकर पठाए। त्यसलाई त मोहीहरूले मारिदिए। यसरी तिनीहरूले अरू धेरै नोकरहरू कतिलाई तिनीहरूले पिटे र कतिलाई मारे।
6
“अब अन्तमा ती धनीको एउटै मात्र प्यारो छोरो बाँकी रहेको थियो। ‘मेरो छोरालाई त तिनीहरूले पक्कै आदर गर्नेछन्’ भन्ने ठानेर उनले आफ्नै छोरालाई मोहीहरूकहाँ पठाए।
7
तर ती मोहीहरूले मतो गरेर यसो भने, ‘लौ त्यो त बारीको धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र सम्पत्ति हाम्रै हुनेछ।’
8
यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्याँकिदिए।
9
“अब त्यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई पक्कै नै मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्।
10
के तिमीहरूले धर्मशास्त्रमा लेखिएका यी कुरा पढेका छैनौ? डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा भयो।
11
त्यस्तो त परमप्रभु आफैंले गर्नुभएको हो, यो कति अचम्मको काम रहेछ,।”
12
येशूले यो कुरा तिनीहरूकै विरोधमा भन्नुभएको हो भनेर यहूदी अगुवाहरूले बुझे। त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भीडको डरले गर्दा तिनीहरूले उहाँलाई पक्रन सकेनन्। त्यसो हुँदा तिनीहरूले उहाँलाई छोडेर गए।
13
त्यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए।
14
उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता गर्नुहुन्न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्न। तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन?
15
हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्दै छन् भन्ने बुझेर येशूले भन्नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्छौ? खै सिक्का ल्याओ, हेरौं!”
16
तिनीहरूले उहाँलाई एउटा सिक्का ल्याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए।
17
तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको यस्तो जवाफ सुनेर तिनीहरू छक्कै परे।
18
त्यसपछि केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे,
19
“हे गुरु, मोशाले हामीलाई लेखिदिएको नियमअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ।
20
अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो, तर ऊ छोरा-छोरी नभईकनै मर्यो।
21
त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि छोरा-छोरी नभई मर्यो। साहिंलो भाइ पनि त्यसरी नै मर्यो।
22
त्यसरी सबै भाइहरूले पालैसँग भाउजूलाई बिहे गरे र बिनासन्तान मरे। आखिरमा त्यो स्वास्नी मानिस पनि मरिहाली।
23
अब सबै जना मरेकोबाट बिउँते भने त्यो कसकी स्वास्नी हुन्छे? उसलाई त सातै भाइले बिहे गरेका थिए।”
24
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू ठूलो भुलमा छौ किनभने तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिको बारेमा नै बुझेका छौ।
25
मरेका मा निसहरू बिउँतेपछि त तिनीहरूमा बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्ता हुन्छन्।
26
मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने परमेश्वरले मोशालाई जल्दैगरेको पोथ्राबाट भन्नुभएको कुराचाहिँ के तिमीहरूले पढेका छैनौ? त्यस बेला परमेश्वरले मोशालाई यस्तो भन्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’।
27
उहाँ त मरेकाहरूका होइन, तर जिउँदाहरूका पो परमेश्वर हुनुहुन्छ! तिमीहरू ठूलो भुलमा छौ।”
28
एक जना धर्म-गुरुले त्यहाँ भएका सबै कुरा सुनिरहेका थिए। येशूले सदुकीहरूलाई राम्रो जवाफ दिनुभएको देखेर तिनले पनि येशूलाई सोधे, “हे गुरु, परमेश्वरका धार्मिक आज्ञाहरूमा सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?”
29
येशूले भन्नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्छ।
30
तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’।
31
अनि दोस्रो ठूलो आज्ञाचाहिँ यही हो— ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर’। यीभन्दा ठूला अरू कुनै आज्ञा छैनन्।”
32
यो सुनेर धर्म-गुरुले येशूलाई भने, “साँच्चै तपाईंले ठीक भन्नुभयो, तपाईंले भन्नुभएजस्तै परमेश्वर त एउटै मात्र हुनुहुन्छ, उहाँ बाहेक अरू कोही पनि छैन।
33
यसैकारण मानिसले परमेश्वरलाई पूरा हृदय, पूरा बुद्धि र पूरा शक्तिले प्रेम गर्नुपर्छ अनि आफ्नो छिमेकीलाई चाहिँ आफैंलाई जस्तै प्रेम गर्नुपर्छ। सबै किसिमका बलि र होमबलिहरूभन्दा पनि यी दुई आज्ञापालन गर्नु नै महत्त्वपूर्ण कुरा हो।”
34
तिनको बुद्धिमानी जवाफ सुनेर येशूले भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले पनि येशूलाई प्रश्नहरू सोध्ने आँट गरेन।
35
मन्दिरमा शिक्षा दिइरहँदा येशूले भन्नुभयो, “धर्म-गुरुहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्?
36
परमेश्वरको पवित्र आत्माले दाऊद आफैंलाई त यसो भन्न लगाउनुभएको थियो— परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारूञ्जेलसम्म तिमी मेरो दाहिनेपट्टि बस!’।
37
दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” मानिसहरूको भीडले येशूका शिक्षालाई चाख मानेर सुनिरहेका थिए।
38
फेरि शिक्षा दिंदै येशूले भन्नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्दर वस्त्र लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन्
39
अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्।
40
तिनीहरूले विधवाको घरबार खोस्छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्यस्ताहरूले झन् ठूलो सजाय पाउनेछन्।”
41
येशूले मन्दिरमा दान हाल्ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए।
42
अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई।
43
अनि येशूले आफ्ना चेलाहरूलाई डाकेर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन्
44
किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16