bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 9
Mark 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
1
अनि येशूले अझै भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य ठूलो शक्तिमा आएको नदेखेसम्म यहाँ हुनेहरूमध्ये कति जनाचाहिँ मर्नेछैनन्।”
2
छ दिनपछि येशू पत्रुस, याकूब र यूहन्नालाई मात्रै साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो। अनि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप नै बदलियो।
3
उहाँको लुगा यति चम्किलो सेतो भयो कि सफासँग धोए पनि संसारमा कसैले पनि त्यस्तो सेतो पार्न सक्नेथिएन।
4
त्यसै बेला मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे।
5
यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”
6
पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो।
7
त्यतिखेर बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो। अनि बादलभित्रबाट एउटा आवाज आयो, “यिनी मेरा प्यारो पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान!”
8
यस्तो भनेको सुनेर चेलाहरूले यताउति हेर्दा त कसैलाई पनि देखेनन्। तिनीहरूसँग त येशू मात्र हुनुहुन्थ्यो।
9
ओरालो झर्दैगर्दा येशूले चेलाहरूलाई भन्नुभयो, “म मानव पुत्र मरेर नबिउँतिएसम्म आज देखेका कुरा तिमीहरूले कसैलाई पनि नभन्नू!”
10
तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?”
11
अनि येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?”
12
येशूले भन्नुभयो, “साँच्चै हो, एलिया पहिले आएर सबै कुरा सच्याउनु नै पर्नेछ। त्यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्यागिनुपर्छ भन्ने कुराचाहिँ धर्मशास्त्रमा किन लेखिएको होला?
13
हेर, म तिमीहरूलाई भन्छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्यो, त्यही गरे।”
14
उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आइपुग्दा वरिपरि मानिसको घुइँचो लागेको थियो र धर्म-गुरुहरूले चेलाहरूसँग बहस गरिरहेका थिए।
15
येशूलाई देख्नेबित्तिकै मानिसहरू छक्कै परेर उहाँको स्वागत गर्न दौडिए।
16
अनि येशूले चेलाहरूलाई सोध्नुभयो, “के कुराको बारेमा बहस गर्दै छौ?”
17
मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्याएको छु। भूत लागेको हुनाले ऊ बोल्नै सक्दैन।
18
भूतले उसलाई पक्रिने बेलामा ऊ भूइँमा पछारिन्छ, मुखभरि फीँज काढ्छ, दाह्रा किट्छ र कक्रिन्छ। मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनेर बिन्ती गरें तर उहाँहरूले सक्नुभएन।”
19
येशूले तिनीहरूलाई भन्नुभयो, “कस्तो विश्वास नभएका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिञ्जेलसम्म सहिरहने? खै त्यसलाई मकहाँ ल्याओ।”
20
तिनीहरूले केटालाई येशूकहाँ पुर्याए। येशूलाई देख्नासाथ भूतले केटालाई मुर्च्छा पारेर भूइँमा पछार्यो। केटो मुखभरि फींज काढ्दै यता र उता लडीबडी गर्न लाग्यो।
21
अनि येशूले बुबाचाहिँलाई सोध्नुभयो, “यसलाई यस्तो भएको कति भयो?” ‘बालककालदेखि नै यस्तो भएको हो’ भनेर बुबाले जवाफ दिए।
22
“भूतले उसलाई घरीघरी आगो र पानीमा पारेर मार्न खोज्छ। हजुर! तपाईंले सक्नुहुन्छ भने हामीमाथि दया गरेर उपकार गरिदिनुहोस्!”
23
येशूले तिनलाई भन्नुभयो, “सक्नुहुन्छ भने भनी किन भन्छौ? विश्वास गर्नेलाई त सबै कुरा हुन सक्छ।”
24
यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्वास गर्छु। मेरो कमजोर विश्वासलाई मद्दत गर्नुहोस्!”
25
मानिसहरू आफूतिर ओइरिन लागेको देखेर येशूले भूतलाई हकार्दै भन्नुभयो, “ए लाटो र बहिरो पार्ने भूत, यो केटाबाट निस्केर आइज र फेरि त्यसभित्र नपस्।”
26
तब त्यो भूत चिच्च्याउँदै र केटालाई मुर्च्छा पार्दै निस्केर गयो। केटा भने मरेको जस्तै भयो र सबैले “लौ केटो त मर्यो” भन्न थाले।
27
तर येशूले उसको हात समाएर उठाउनुभयो र केटो जुरुक्क उठ्यो।
28
घरभित्र पसेपछि चेलाहरूले एकान्तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?”
29
त्यस किसिमको भूत त प्रार्थनाद्वारा मात्र निकाल्न सकिन्छ, अरू कुनै उपाय छैन भनेर येशूले जवाफ दिनुभयो।
30
येशू र उहाँका चेलाहरू त्यस ठाउँलाई छोडेर गालीलको बाटो भएर जान लागे। उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो कुरा अरूले थाहा नपाऊन् भन्ने येशूको इच्छा थियो
31
किनभने उहाँले आफ्ना चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानव पुत्रलाई पक्रेर मानिसहरूकै हातमा सुम्पिदिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, तर मारिएको तीन दिनपछि ऊ फेरि बिउँतनेछ।”
32
तर चेलाहरूले यो कुराको अर्थ बुझेनन् अनि उहाँलाई सोध्ने साहस पनि गरेनन्।
33
उहाँहरू कफर्नहुम सहरमा आइपुग्नुभयो र घरभित्र पसेपछि येशूले चेलाहरूलाई सोध्नुभयो, “बाटोमा आउँदा तिमीहरूले के बहस गर्दै थियौ?”
34
तर तिनीहरूले केही भनेनन् किनभने तिनीहरूले “हामीहरूमध्ये को ठूलो हो” भनेर बहस गर्दै आएका थिए।
35
अनि येशू बस्नुभयो र बाह्रै जना चेलाहरूलाई बोलाएर भन्नुभयो, “सबैभन्दा ठूलो हुन खोज्नेले सबैभन्दा सानो भएर सबैको सेवा गर्नुपर्छ।”
36
त्यसपछि उहाँले एउटा सानो बालकलाई तिनीहरूको अगाडि ल्याउनुभयो र त्यसलाई काखमा लिएर चेलाहरूलाई भन्नुभयो,
37
“मेरो नाउँमा यस्ता बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ अनि मलाई स्वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्वागत गर्छ।”
38
यूहन्नाले येशूलाई भने, “गुरु, हामीले तपाईंको नाउँमा एक जना मान्छेले भूतहरू निकालिरहेको देख्यौं। तर ऊ हाम्रो पछि नआएकोले हामीले उसलाई रोक्यौं।”
39
येशूले जवाफ दिनुभयो, “उसलाई नरोक। मेरो नाउँमा अचम्मका काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब कुरा बोल्न सक्दैन।
40
हाम्रो विरोध नगर्ने जति हामीहरूकै पट्टिका हुन्।
41
साँच्चै म तिमीहरूलाई भन्छु, कसैले तिमीहरूलाई ख्रीष्टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्यसले इनाम पाउनेछ।”
42
येशूले फेरि भन्नुभयो, “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वास बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर समुद्रमा फ्याँकिदिनु बेस हुनेछ।
43
यदि तिम्रो हातले तिमीलाई पापमा पार्छ भने यसलाई काटेर फालिदेओ। दुवै हात लिएर नरकको कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु एउटा हात नभई अजम्मरी जीवन पाउनु बेस हो।
44
(त्यो नरकमा त भोग्नुपर्ने कष्ट कहिले पनि सकिंदैन र त्यहाँको आगो पनि कहिल्यै निभ्दैन।)
45
अनि तिम्रो खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर फालिदेओ किनभने दुवै खुट्टा भएर नरकमा पर्नुभन्दा बरु खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो।
46
(त्यो नरकमा भोग्नुपर्ने कष्ट कहिल्यै पनि सकिंदैन र त्यहाँको आगो पनि कहिल्यै निभ्दैन।)
47
अनि त्यसै गरी तिम्रो आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर मिल्काइदेओ किनभने आँखा भएर नरकमा पर्नुभन्दा त बरु कानो भएर परमेश्वरको राज्यमा पस्नु बेस हो।
48
त्यो नरकमा भोग्नुपर्ने कष्ट त कहिल्यै पनि सकिंदैन र त्यहाँको आगो पनि कहिल्यै निभ्दैन।
49
“नुनले बलिदान शुद्ध पारेजस्तै सबै जना आगोले खारिनेछन्।
50
नुन असल कुरो हो तर नुन नै अलिनो भयो भने केले नुनिलो बनाउने? आफूमा भएको नुनलाई जोगाइराख र आपसमा मिलेर बस।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16