bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 15
Mark 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
1
बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए।
2
पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।”
3
मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए।
4
त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।”
5
तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो।
6
मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए।
7
त्यस बेला बारब्बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्यसले अरूसँग मिलेर आन्दोलनमा मानिस पनि मारेको थियो।
8
अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे।
9
पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?”
10
मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो।
11
तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए।
12
पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?”
13
तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।”
14
पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।”
15
पिलातस भीडलाई खुसी पार्न चाहन्थे। यसैकारण उनले बारब्बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन जिम्मा लगाए।
16
सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए।
17
तिनीहरूले येशूलाई राजाको जस्तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए।
18
त्यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्दै अभिवादन ठोके।
19
तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे।
20
यसरी गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।
21
बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्जेन्डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए
22
अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो।
23
त्यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन।
24
त्यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे।
25
येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो।
26
उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’।
27
येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्ड्याए।
28
[यसरी धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा हुन आयो— उहाँ अपराधीहरूसँगै गनिनुभयो।]
29
त्यो बाटो हिंड्नेहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, “लौ हेर! मन्दिर भत्काएर फेरि तीनै दिनमा बनाउन सक्नेलाई!
30
ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!”
31
त्यसैगरी मुख्य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्ला गरे। तिनीहरूले आपसमा भने, “त्यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन।
32
ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्ड्याइएकाहरूले पनि उहाँको निन्दा गरे।
33
दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भयो।
34
तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर मलाई किन त्याग्नुभयो?”
35
येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।”
36
एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्यायो र त्यो झुम्रो लट्ठीको टुप्पामा अड्काएर येशूको मुखमा राख्दै भन्यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्दारहेछन् कि, हेरौं!”
37
तर त्यति नै बेला येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।
38
त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो।
39
येशूले यसरी प्राण त्याग्नुभएको देखेर क्रूसको सामुन्ने उभिरहेका रोमी कप्तानले भने, “साँच्चै यी मानिस त परमेश्वरकै पुत्र रहेछन्।”
40
केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
41
येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्म आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
42
त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो।
43
अरिमाथिया सहरको योसेफले त्यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्य थिए। उनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए।
44
येशू मरिसक्नुभयो भनेको सुन्दा पिलातस छक्क परे। उनले रोमी कप्तानलाई बोलाएर ‘येशू पक्कै नै मरिसकेका हुन् त’ भनी सोधे।
45
कप्तानले पक्कै मरेका हुन् भन्ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए।
46
योसेफले असल सुती कपडा किनेर ल्याए र येशूको लाशलाई क्रूसबाट ओरालेर त्यही कपडामा बेरे अनि पहरा खोपेर बनाइराखेको चिहानमा राखे। त्यसपछि एउटा ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरिदिए।
47
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16