bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 4
Mark 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
1
येशू फेरि गालील तालको किनारमा शिक्षा दिन लाग्नुभएको थियो। उहाँको वरिपरि धेरै मानिसहरूको घुइँचो लागेको हुनाले उहाँ एउटा नाउमा चढेर किनारबाट पर गई बस्नुभयो। मानिसहरूचाहिँ किनारमै बसे।
2
अनि उहाँले मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको कथाबाट सिकाउनुभयो। उहाँले यसो भन्नुभयो,
3
“सुन! एक जना मानिस बीउ छर्न गयो।
4
बारीमा बीउ छर्दाछर्दै केही बीउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए।
5
केही बीउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। त्यहाँ थोरै माटो भएकोले छिटै टुसा देखिए,
6
तर गहिरोसँग जरा हाल्न नसकेकोले चर्को घाम लाग्नासाथ ओइलिएर सुकिहाले।
7
कति बीउचाहिँ काँडाहरूको झ्याङमा परे र काँडाहरू झ्याँगिएर उम्रेका बिरुवाहरूलाई नाश गरिदिए अनि उब्जनी नै भएन।
8
तर कति बीउ भने मलिलो माटोमा परे, उम्रिए, बढे र मौलाए। अनि त्यहाँ कुनै बीउबाट तीस गुणा, कुनैबाट साठी गुणा र कुनैबाट सय गुणा उब्जनी भयो।”
9
त्यसपछि येशूले भन्नुभयो, “जसको कान छ, त्यसले सुनोस्।”
10
मानिसको घुइँचो गएपछि बाह्र जना चेला र अरू केही साथीहरूले येशूसँग उहाँले दृष्टान्त दिंदै भन्नुभएको कुराबारे सोधे।
11
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्वरको राज्यको भित्री भेद जान्न दिइएको छ, तर बाहिरका मानिसहरूलाई चाहिँ सबै कुरा दृष्टान्तको रूपमा नै भनिन्छ,
12
ताकि तिनीहरूले हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्’।” नत्रता तिनीहरूले आफ्नो पापलाई मानिलिएर परमेश्वरकहाँ आउनेथिए र उहाँले तिनीहरूलाई पाप क्षमा दिनुहुनेथ्यो।”
13
अनि येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यो दृष्टान्तको अर्थ बुझ्न सकेनौ? त्यसो हो भने त तिमीहरूले अरू दृष्टान्तहरू झन् कसरी बुझौला?
14
बीउ छर्नेले परमेश्वरको शिक्षालाई फैलाउँछन्।
15
कति जनाको मनमा यो शिक्षा बाटोमा परेको बीउजस्तो हुन्छ। शिक्षा सुन्नासाथ शैतान झट्टै आएर यसलाई टिपी लैजान्छ।
16
अनि कति जनाको मनमा चाहिँ यो शिक्षा ढुङ्गेनी जमिनमा परेको बीउजस्तो हुन्छ। परमेश्वरका शिक्षा सुन्नासाथ तिनीहरूले खुसी भएर मनमा लिन्छन्।
17
तर त्यो शिक्षाले तिनीहरूको भित्रसम्म जरा हाल्न नपाउनाले तिनीहरूले थोरै दिनसम्म मात्र विश्वास गर्छन्। यो शिक्षामा विश्वास गरेकोले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले त्यसलाई छोडिहाल्छन्।
18
फेरि कति जनाको मनमा चाहिँ यो शिक्षा काँडाको झ्याङमा परेको बीउजस्तो हुन्छ।
19
तिनीहरूले परमेश्वरको शिक्षा सुन्न त सुन्छन्, तर यस संसारको चिन्ता, धन-सम्पत्तिको माया र त्यस्तै तिर्सनाहरूले गर्दा त्यो शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैनन्।
20
तर कति जनाको मनमा भने यो शिक्षा मलिलो माटोमा परेको बीउजस्तो हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर मान्छन् अनि तीस गुणा, साठी गुणा र सय गुणा फल फलाउँछन्।”
21
येशूले भन्दैजानुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि या खाटमुनि राख्छ र? बत्ती बालेर त अग्लो ठाउँमा पो राखिन्छ।
22
त्यसरी नै गुप्तमा राखिएका कुरा जे-जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्न नसकिएका कुरा जे-जति छन्, ती सबै बुझ्न सकिनेछन्।
23
जसको कान छ, त्यसले सुनोस्!”
24
अनि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “सुनेका कुरामा ध्यान देओ! जुन पाथीले अरूलाई भरेर दिन्छौ, त्यही पाथीले तिमीलाई पनि भरेर दिइनेछ। अझ धेरै पनि दिइनेछ
25
किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।”
26
येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्य एउटा मान्छेले आफ्नो बारीमा बीउ छरेकोजस्तो हुन्छ।
27
ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन।
28
माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्ने बनाउँछ। पहिले कलिलो टुसा निस्कन्छ, बढ्छ अनि बाला लाग्छ।
29
बाली पाकेपछि भने त्यसले हँसिया लगाएर बाली काट्न थाल्छ किनभने फसल उठाउने बेला भइसकेको हुन्छ।
30
“फेरि परमेश्वरको राज्य अरू केसँग दाँजौं? कुन दृष्टान्त भनेर यसबारे बुझाऊँ?
31
यो यस्तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्छेले त्यो बीउ बारीमा रोप्छ।
32
त्यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।”
33
मानिसहरूले परमेश्वरको शिक्षा बुझ्न सकून् भनेर येशूले यस्तै धेरै दृष्टान्त बताउनुभयो।
34
मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्टान्त नभनी सिकाउनुभएन। तर आफ्ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्टान्तको अर्थ बुझाइदिनुहुन्थ्यो।
35
त्यही दिन बेलुकीपख येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।”
36
चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए।
37
अचानक तालमा ठूलो आँधी चल्यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्यो।
38
येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्यौं, तपाईंलाई केही फिक्री छैन?”
39
येशूले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “शान्त भइजा! रोकिहाल्!” त्यति नै खेर आँधी थामियो र एकदमै शान्त भइहाल्यो।
40
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्वास?”
41
अनि तिनीहरू अचम्म मानेर डराउँदै आपसमा भन्न लागे, “उहाँ को हुनुहुन्छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्दा रहेछन्!”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16