bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 16
Mark 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
पवित्र विश्रामको दिन बितिसकेपछि त्यही बेलुका मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्धित तेलहरू किने।
2
भोलिपल्ट हप्ताको पहिलो दिन बिहानै घाम झुल्कँदा तिनीहरू येशूलाई राखिएको चिहानमा गए।
3
बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्दै थिए।
4
तर चिहानमा पुग्दा त त्यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ।
5
तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए।
6
तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्न, उहाँ त बिउँतिएर गइसक्नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त!
7
तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्नुभएको छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ’ भनेर भनिदेओ।”
8
त्यति बेला तिनीहरू एकदमै अत्यास मानेर काम्दै चिहानबाट निस्केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्।
9
येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्नुभएको थियो।
10
उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए।
11
अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्याएनन्।
12
त्यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै किसिमसँग देखा पर्नुभयो।
13
तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्याएनन्।
14
त्यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्नेहरूका कुरा विश्वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्काउनुभयो।
15
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ!
16
विश्वास गरेर बप्तिस्मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्वास नगर्नेहरूचाहिँ परमेश्वरको सामुन्ने दोषी ठहरिनेछन्।
17
अनि विश्वास गर्नेहरूसँग यस्ता चिन्हहरू पाइनेछन्— उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्नेछन्।
18
उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।”
19
चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्वर्गमा उचालिनुभयो र उहाँ परमेश्वरको दाहिनेपट्टि बस्नुभयो।
20
त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16