bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 8
Mark 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
1
केही दिनपछि फेरि पनि मानिसको ठूलो घुइँचो जम्मा भएको थियो। तिनीहरूले ल्याएका खानेकुरा सकिसकेका हुनाले येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो,
2
“यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ।
3
यिनीहरूलाई भोकै घर पठाउने हो भने बाटैमा मुर्च्छा पर्लान्। हेर, कोही त धेरै टाढादेखि पनि आएका छन्।”
4
चेलाहरूले भने, “खै, यो उजाड-स्थानमा यतिका मानिसहरूलाई खाने रोटी कहाँबाट ल्याउने हो?”
5
येशूले सोध्नुभयो, “तिमीहरूसँग कति रोटी छन्?” “सात वटा छन्,” तिनीहरूले जवाफ दिए।
6
तब येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि उहाँले सात वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि रोटी टुक्रा-टुक्रा पारेर चेलाहरूलाई दिंदै बाँड्न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए।
7
तिनीहरूसँग अलिकता ससाना माछाहरू पनि थिए। येशूले माछाको लागि पनि धन्यवाद दिएर चेलाहरूलाई बाँड्न लगाउनुभयो।
8
सबैले अघाउञ्जेलसम्म खाए र उब्रिएका टुक्राहरू बटुल्दा त सात डाला जति भरिए।
9
त्यहाँ खाने मानिसहरू चार हजार जति थिए। येशूले तिनीहरूलाई बिदा गर्नुभयो।
10
त्यसपछि उहाँ तुरुन्तै चेलाहरूसँग नाउमा चढेर दलमनुथातिर जानुभयो।
11
फरिसीहरूले येशूकहाँ आएर बहस गर्न थाले। तिनीहरूले येशूको जाँच लिन खोज्दै भने, “हामीलाई स्वर्गबाट आउने एउटा चिन्ह देखाउनुहोस्।”
12
यो सुनेर येशूले लामो सुस्केरा हालेर भन्नुभयो, “आज-भोलिका यी मानिसहरूले किन चिन्ह हेर्न खोज्छन्? साँच्चै म तिमीहरूलाई भन्छु, यस्ता मानिसहरूले कुनै पनि चिन्ह देख्न पाउनेछैनन्।”
13
यति भनेर उहाँ तिनीहरूलाई त्यहीं छोडी नाउमा चढेर फेरि पारिपट्टि जानुभयो।
14
डुङ्गामा तालको पारिपट्टि जाँदा चेलाहरूले रोटी ल्याउन बिर्सेर खालि एउटै मात्र रोटी ल्याएछन्।
15
अनि येशूले तिनीहरूलाई चेतावनी दिंदै भन्नुभयो, “होशियार रहो! फरिसी र हेरोदको खमिरदेखि जोगिएर बस।”
16
“हामीसँग रोटी नभएकोले उहाँले यसो भन्नुभएको हो कि,” भनेर चेलाहरूले एक-अर्कासँग कुरा गर्न लागे।
17
तिनीहरूले यसरी कुरा गरेका थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो, “रोटी नभएकोले भनेको हो भनेर किन भन्छौ? के तिमीहरूलाई थाहा छैन? के बुझेका छैनौ? के तिमीहरूको मन अझै कठोर नै छ?
18
तिमीहरूका आँखा त छन् र पनि देख्दैनौ, कान भएर पनि सुन्दैनौ।
19
पाँच वटा रोटी भाँचेर पाँच हजारलाई खुवाएको के तिमीहरूले बिर्स्यौ? तिमीहरूले उब्रिएका रोटी कति डाला बटुल्यौ?” “बाह्र डाला!” उनीहरूले जवाफ दिए।
20
येशूले फेरि सोध्नुभयो, “अनि सात वटा रोटीले चार हजार मानिसहरूलाई खुवाउँदा तिमीहरूले उब्रिएका टुक्रा कति डाला बटुल्यौ?” तिनीहरूले भने, “सात डाला!”
21
फेरि येशूले तिनीहरूलाई सोध्नुभयो, “तब के तिमीहरूले अझै बुझेका छैनौ?”
22
येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्नुभयो। त्यहाँ मानिसहरूले एउटा अन्धोलाई उहाँकहाँ ल्याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्ती गरे।
23
येशूले त्यस अन्धो मानिसलाई डोर्याउँदै गाउँदेखि बाहिर ल्याउनुभयो। अनि उसको आँखामा थुकी आफ्नो हात उसमाथि राखेर सोध्नुभयो, “केही देख्न सक्छौ?”
24
उसले फेरि हेर्दै भन्यो, “मानिसहरूलाई देख्न त देख्दै छु, तर तिनीहरू रूख हिंडेजस्ता पो देखिन्छन्।”
25
येशूले फेरि उसको आँखा आफ्नो हातले छुनुभयो। अनि त्यस मानिसले नियालेर हेर्दा सबै कुरा छर्लङ्गै देख्न सक्यो।
26
त्यसपछि येशूले उसलाई घर पठाउँदै भन्नुभयो, “यस गाउँमा फेरि नपसी सरासर घर जाऊ।”
27
त्यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?”
28
तिनीहरूले भने, “कोही तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन् कोही एलिया भन्छन् अनि कतिले चाहिँ कुनै एउटा अगमवक्ता होलान् भन्छन्।”
29
येशूले सोध्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भनी भन्छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।”
30
अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनेर कडा आज्ञा दिनुभयो।
31
त्यसपछि येशूले चेलाहरूलाई आफ्नो बारेमा यसरी बताउन लाग्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
32
यसरी उहाँले चेलाहरूलाई यो कुरा स्पष्टसँग भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्नोस्,” भनी सम्झाए।
33
तुरुन्तै येशूले आफ्नो मुहार फर्काउनुभयो र चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान, मबाट पछि हट्! तेरो विचार परमेश्वरपट्टिको होइन, तर मान्छेको हो।”
34
त्यसपछि येशूले आफ्ना चेलाहरू र त्यहाँ भएका मानिसहरूलाई बोलाएर भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ
35
किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
36
मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?
37
गुमाएको आत्मा फेरि केले फिर्ता गर्न सक्छ?
38
यो पापी र व्यभिचारी पुस्तामा जसले म र मेरा शिक्षामा लाज मान्छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसलाई आफ्नो भन्न लाज मान्नेछु।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16