bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 5
Mark 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 6 →
1
येशू चेलाहरूसँग गालील तालको पारिपट्टि गेरासेनसहरूको मुलुकमा आइपुग्नुभयो।
2
नाउबाट ओर्लिनुभएपछि भूत लागेको एउटा मानिस चिहानका गुफाहरूबाट दगुरेर येशूलाई भेट्न आयो।
3
त्यो मानिस चिहानघारीमा बस्थ्यो। अब उसलाई साङ्लाले पनि बाँधेर राख्न सकिंदैनथ्यो।
4
धेरै चोटि उसलाई नेल र साङ्लाले बाँधेर राख्दा पनि उसले साङ्ला चुँडाई नेल भाँचेर भाग्ने गर्थ्यो। कसैले पनि उसलाई काबुमा राख्न सक्दैन थियो।
5
उसले आफैंलाई ढुङ्गाले चिथोर्दै र कराउँदै रातदिन चिहान र पहाड-पखेरातिर घुमिरहन्थ्यो।
6
उसले येशूलाई टाढैबाट देख्यो अनि दगुर्दै आएर येशूको पाउमा परी
7
चिच्च्याउँदै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईंले मलाई के गर्न लाग्नुभएको? परमेश्वरको नाउँ लिएर म बिन्ती गर्छु, मलाई दु:ख नदिनुहोस्।”
8
किनभने येशूले त्यस भूतलाई अघिदेखि नै निक्लिआइज भनेर भन्नुभएको थियो।
9
अनि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।”
10
अनि त्यस भूतले येशूलाई “हामीहरूलाई यस मुलुकबाट नलखेटिदिनुहोस्,” भनेर बिन्ती गरिरह्यो।
11
त्यस डाँडाको पाखामा एक बगाल सुँगुरहरू चरिरहेका थिए।
12
अनि भूतहरूले येशूलाई “हामीलाई ती सुँगुरभित्र पस्ने आज्ञा दिनुहोस्,” भनेर बिन्ती गरे।
13
येशूले तिनीहरूलाई जाने आज्ञा दिनुभयो र ती भूतहरू त्यस मानिसबाट निस्केर सुँगुरहरूभित्र पसे। पस्नेबित्तिकै लगभग दुई हजार जति सुँगुरहरू भीरबाट तालतिर हुरमुरिंदै डुबेर मरे।
14
यो देखेर सुँगुर चराउनेहरू त्यहाँबाट भागेर गए र यो कुरा गाउँ र सहरभरि नै फैलाए। धेरै मानिसहरू के भएछ भनेर हेर्न येशूकहाँ आए।
15
तिनीहरूले पहिले धेरै भूतहरू लागेको मानिसलाई अहिले ठीक भई लुगा लगाएर येशूसँगै बसिरहेको देखे। अनि तिनीहरू ज्यादै छक्क परे।
16
यो घटना देख्ने मानिसहरूले त्यस मानिस र सुँगुरको कुरा त्यहाँ आएका मानिसहरूलाई सुनाए।
17
यस्तो कुरा सुनेर ती मानिसहरूले येशूलाई “हाम्रो मुलुक छोडेर जानुहोस्,” भनी बिन्ती गरे।
18
येशू नाउमा चढ्न लाग्दा निको भएको मानिसले “मलाई पनि सँगै लानुहोस्,” भनेर बिन्ती गर्यो।
19
तर येशूले उसलाई आफूसँग आउन नदिई यसरी भन्नुभयो, “आफ्नो घर जाऊ र परमप्रभुले तिमीलाई देखाउनुभएको दया र उहाँले गर्नुभएको सबै कुरा तिम्रा आफन्तहरूलाई सुनाऊ।”
20
अनि त्यो मानिस दश सहरका इलाकामा गएर येशूले आफ्नो लागि गर्नुभएको काम सबैलाई सुनायो। अनि सुन्नेहरू सबै छक्क परे।
21
येशू फेरि तालको वारिपट्टि फर्कनुभयो। वारिपट्टिको किनारमा उहाँको वरिपरि मानिसको ठूलो घुइँचो लाग्यो।
22
सभाघरका अगुवाहरूमध्ये याइरस नाउँका एक जना येशूकहाँ आए। येशूलाई देख्ने बित्तिकै उनले येशूको पाउमा परेर बिन्ती गर्न लागे,
23
“मेरी सानी छोरी सिकिस्त बिरामी छ, हजुर आएर उसलाई छोइदिनुभयो भने ऊ निको भएर बाँच्नेथिई।”
24
येशू याइरससँग जानुभयो। थुप्रै मानिसहरू उहाँको पछिपछि लागे र चारैतिर घुइँचो भयो।
25
त्यस घुइँचोमा बाह्र वर्षदेखि रगत बग्ने बेथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्।
26
उनले कैयौं बैद्य लगाएर पनि निको हुन सकेकी थिइनन्। भएभरको धन-सम्पत्ति यसैका लागि खर्च गरिसकेकी थिइन्, तर निको हुनुको सट्टामा झन्झन् व्यथाले उनलाई चाप्दै थियो।
27
उनले येशूको बारेमा अरू मानिसहरूबाट सुनेकी थिइन्। यसैकारण घुइँचोमा पसेर उनले पछिल्तिरबाट येशूको लुगा छोइन्
28
किनभने “उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुनेथिएँ,” भन्ने उनको मनमा लागेको थियो।
29
येशूको लुगा छुनेबित्तिकै रगत बग्ने व्यथा निको भएर रगत थामिएको उनी आफैंले थाहा पाइन्।
30
येशूले आफूबाट शक्ति निस्केर गएको थाहा पाइहाल्नुभयो अनि उहाँले फनक्क फर्केर मानिसहरूलाई सोध्नुभयो, “कसले मेरो लुगा छोयो हँ?”
31
उहाँका चेलाहरूले जवाफ दिएर भने, “हेर्नुहोस्! यत्रो मानिसको घुइँचोमा तपाईं कसले छोयो भनेर कसरी सोध्न सक्नुहुन्छ?”
32
तर येशूले आफूलाई कसले छोयो भनेर यताउता हेर्नुभयो।
33
स्त्रीलाई आफूमा घटेको कुरा थाहा भएकोले उनी काम्दै येशूको पाउमा परिन् र सबै कुरा बताइदिइन्।
34
अनि येशूले उनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अब तिम्रो कष्ट छुटोस् र तिमी शान्तिसँग जाऊ।”
35
येशूले यसो भन्दाभन्दै याइरसका घरबाट मानिसहरू आए। तिनीहरूले याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी। अब गुरुलाई व्यर्थै किन दु:ख दिने?”
36
तर येशूले तिनीहरूका कुरालाई वास्ता नगरी याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
37
उहाँले पत्रुस, याकूब र तिनका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथमा जान दिनुभएन।
38
उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्दा त रुवाबासी र विलापको खैलाबैला मच्चिरहेको थियो।
39
येशूले भित्र पसेर तिनीहरूलाई भन्नुभयो, “किन यस्तो रुवाबासी र खैलाबैला गरेको? यो नानी त निदाएकी मात्र छ, मरेकी छैन।”
40
यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले सबैलाई बाहिर पठाउनुभयो अनि केटीको बुबा, आमा र आफ्ना तीन जना चेलाहरूलाई लिएर भित्र केटी भएको कोठामा जानुभयो।
41
उहाँले केटीको हात समातेर भन्नुभयो, “तालिता कूमी!” यसको अर्थ हो “ए नानी, म भन्छु, उठ!”
42
तब केटी जुरुक्क उठी अनि यताउता हिंड्डुल गर्न थाली। यो देखेर तिनीहरू छक्कै परे। ऊ बाह्र वर्षकी थिई।
43
त्यसपछि येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो अनि ‘नानीलाई केही खानेकुरा दिनू’ भनी अह्राउनुभयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16