bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 7
Mark 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
1
यरूशलेम सहरबाट आएका फरिसी र धर्म-गुरुहरू येशूको वरिपरि भेला भए।
2
अनि येशूका कुनै-कुनै चेलाहरूले हात नधोई खाइरहेका तिनीहरूले देखे। अर्थात् ती चेलाहरूले इस्राएलीहरूका रीतिथितिअनुसार हात चोख्याउने काम नगरी खाइरहेका थिए
3
किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्याई खाँदैनन्।
4
बजारबाट आएपछि पनि तिनीहरूले आफूलाई नचोख्याई केही खाँदैनन् अनि अरू धेरै रीतिथितिहरू पनि मान्छन्, जस्तै: थाल, बटुका, भाँडा-कुँडा पनि नचोख्याई चलाउँदैनन्।
5
त्यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्याई खान्छन्?”
6
येशूले तिनीहरूलाई भन्नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्कै मिल्छ— ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।
7
तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’
8
साँच्चै तिमीहरूले परमेश्वरका धार्मिक आज्ञालाई पन्छ्याएर मानिसहरूको रीतिथिति पो मान्छौ।”
9
येशूले अझै भन्नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्ना रीतिथिति चलाउन परमेश्वरको आज्ञालाई पन्छ्याइराख्छौ।
10
जस्तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्— ‘आफ्ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्ना आमा-बुबालाई सराप्नेलाई चाहिँ ज्यान सजाय दिनू।’
11
तर तिमीहरूले भने यस्ता कुरा सिकाउँदा रहेछौ— कसैले आफ्नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्वरलाई नै चढाइसकें’ भन्यो भने
12
त्यसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्यसलाई रोक्छौ!
13
यसरी तिमीहरू आफ्ना रीतिथितितिर लागेर परमेश्वरको आज्ञालाई बेकामको ठान्छौ अनि त्यस्ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”
14
येशूले फेरि मानिसहरूलाई बोलाएर भन्नुभयो, “लौ, तिमीहरू सबैले मन लगाएर मेरा कुरा सुन।
15
बाहिरबाट मानिसभित्र पस्ने कुनै पनि कुराले मानिसलाई अशुद्ध पार्न सक्दैन। तर मनबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्छ।
16
जसको कान छ, त्यसले सुनोस्!”
17
येशू मानिसहरूलाई छोडेर घरभित्र पस्नुभएपछि उहाँका चेलाहरूले ‘यस कुराको अर्थ बुझाइदिनुहोस्’ भने।
18
येशूले तिनीहरूलाई भन्नुभयो, “के अझै तिमीहरू अरूजस्तै अबुझ नै भएका छौ? तिमीहरूलाई थाहा छैन र? मुखबाट भित्र पस्ने कुराले मानिसलाई अशुद्ध पार्दैन।
19
त्यो त मनमा पस्ने कुरा होइन, तर पेटमा गएर त्यहाँबाट पनि बाहिर निस्केर गइहाल्छ।” त्यसरी येशूले सबै किसिमका खानेकुराहरू शुद्ध छन् भनी बुझाउनुभएको हो।
20
येशूले अझै भन्नुभयो, “मनभित्रबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्दछ
21
किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्केर आउँछन् र उसलाई खराब कामतिर लैजान्छन्, जस्तै: व्यभिचार गर्ने, चोर्ने, मान्छे मार्ने, वेश्यागमन गर्ने,
22
लोभ गर्ने, दुष्ट काम गर्ने, ठग्ने, छाडा हुने, डाह गर्ने, निन्दा गर्ने, घमण्डी हुने र मूर्ख काम गर्ने।
23
यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्कन्छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।”
24
त्यसपछि येशू त्यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो। कसैले थाहा नपाऊन् भनेर उहाँ एक जनाको घरमा पस्नुभयो। तर मानिसहरूले थाहा पाइहाले।
25
एक जना भूत लागेकी केटीकी आमाले येशूको बारेमा सुन्नेबित्तिकै उहाँकहाँ आइन् र उहाँको पाउमा परिन्।
26
तिनीचाहिँ सिरियाको फोनिके इलाकामा जन्मेका एउटी ग्रीक स्त्री थिइन्। अनि तिनले ‘मेरी छोरीबाट भूत निकालेर निको पारिदिनुहोस्’ भनेर येशूलाई बिन्ती गरिन्।
27
तर येशूले भन्नुभयो, “पहिले हामीले आफ्नै बाल-बच्चालाई खुवाउनुपर्छ, उनीहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!”
28
अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त टेबिलमुनि बालकहरूले झारेका टुक्राहरू खान पाउँछन् नि!”
29
यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीले यस्तो कुरा भनेको कारण ढुक्क भएर घर जाऊ, तिम्री छोरीबाट भूत निस्केर गइसकेको छ!”
30
तिनी फर्केर घर पुग्दा त छोरी निको भएर सुतिरहेकी थिइन्। साँच्चै छोरीबाट भूत निस्केर गइसकेको रहेछ।
31
येशू टुरोसबाट हिंडेर सीदोन सहर हुँदै दश सहरको बाटो भएर गालीलको तालमा आउनुभयो।
32
त्यहाँ मानिसहरूले एक जना कान नसुन्ने र राम्ररी बोल्न नसक्ने मानिसलाई येशूकहाँ ल्याए। अनि ‘त्यसलाई छोइदिनुहोस्’ भनेर उहाँलाई बिन्ती गरे।
33
येशूले उसलाई मानिसको घुइँचोबाट अलिक पर लैजानुभयो। अनि उसको कानमा औंला हाल्नुभयो र थुकेर उसको जिब्रो छुनुभयो।
34
त्यसपछि येशूले स्वर्गतिर हेर्दै सुस्केरा हालेर भन्नुभयो, “इफ्फाता” अर्थात् “खोलिजा!”
35
यसो भन्नेबित्तिकै त्यस मानिसका कान खुले, जिब्रो चल्यो र ऊ मजाले बोल्न थाल्यो।
36
येशूले तिनीहरू सबैलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनी आज्ञा दिनुभयो। तर जति उहाँले नभन्ने आज्ञा दिनुहुन्थ्यो, त्यति नै मानिसहरूले भन्दै हिंड्थे।
37
यो कुरा सुन्नेहरू जति सबैले ज्यादै अचम्म मानेर भने, “उहाँले कत्ति राम्रो काम गर्नुहुन्छ। उहाँले बहिरालाई सुन्न सक्ने र लाटालाई बोल्न सक्ने पार्नुहुन्छ।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16