bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 13
Mark 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
1
येशू मन्दिरबाट निस्कन लाग्नुहुँदा एक जना चेलाले भने, “हेर्नुहोस् त गुरु, कति ठूला-ठूला ढुङ्गाहरू! कति भव्य भवनहरू!”
2
अनि येशूले भन्नुभयो, “यी भवनहरू देखेका छौ, होइन? तर साँच्चै म तिमीहरूलाई भन्छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ।”
3
येशू मन्दिरको पारिपट्टि जैतुन डाँडामा बसिरहनुभएको थियो। त्यति बेला पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोधे,
4
“हामीलाई भन्नुहोस्, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईंले भन्नुभएका कुराहरू पूरा हुन आँटेका छन् भनी हामीले कसरी थाहा पाउन सक्नेछौं?”
5
येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्!
6
धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।
7
तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्लाहरू सुन्नेछौ। तर त्यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन।
8
जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो।
9
“तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ।
10
अन्त हुनुअघि सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाइसकेको हुनु नै पर्छ।
11
तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा के भन्ने हो भनेर पहिले नै सुर्ता नगर। तिनीहरूको अगाडि उभिएको बेलामा तिमीहरूले जे पाउनेछौ, त्यही भन किनभने त्यति बेला तिमीहरूले आफ्नै तर्फबाट बोल्नेछैनौ तर पवित्र आत्माले नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
12
“त्यति बेला मानिसहरूले आफ्नै दाजुभाइहरूलाई मार्न सुम्पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्।
13
मेरै कारणले गर्दा तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्म स्थिर रहनेहरूचाहिँ बचाइनेछन्।
14
“हुँदै नहुनुपर्ने ठाउँमा तिमीहरूले घिनलाग्दो कुरा देख्नेछौ। यसको अर्थ पढ्नेले बुझून्। त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।
15
घरका छतमा हुनेहरू तल ओर्लिएर केही चीजबीज लिन घरभित्र नपसून्।
16
खेतबारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन घरभित्र नजाऊन्।
17
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् कस्तो बिजोग होला।
18
यी कुराहरू जाडो महिनामा आइनपरून् भनेर परमेश्वर पितासँग प्रार्थना गर।
19
त्यस बेला आइपर्नेजस्तो आपत् र हाहाकार त सृष्टिको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन।
20
परमेश्वरले ती आपत्का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्न सक्ने थिएनन्। तर आफूले छानेका मानिसहरूको कारणले उहाँले ती दिनहरू घटाउनुभएको छ।
21
“हेर, मुक्ति दिने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनेर कसैले तिमीहरूलाई भन्दैमा त्यो कुरा नपत्याओ
22
किनभने त्यस्ता नकली ख्रीष्ट र नकली अगमवक्ताहरू देखा त पर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्ह र अचम्मका कामहरू देखाएर सकेसम्म परमेश्वरले छानेकाहरूलाई पनि झुक्याउनेछन्।
23
त्यसकारण चनाखो भएर बस! मैले तिमीहरूलाई सबै कुरा अघिबाट नै भनिदिएको छु।”
24
“ती आपत्का दिनहरू बितेपछि घाम अँध्यारो हुनेछ र जूनले उज्यालो दिनेछैन।
25
ताराहरू आकाशबाट खस्नेछन् अनि आकाशमण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
26
त्यसपछि मानव पुत्र ठूलो शक्ति र महिमाको साथ बादलमा आइरहेको देखा पर्नुहुनेछ।
27
अनि उहाँले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनुहुनेछ र तिनीहरूले परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।”
28
येशूले अझै भन्दैजानुभयो, “नेभाराको रूखबाट केही कुरा सिक। यसको हाँगाहरू टुसाएर पालुवा हालेपछि गरम चढेछ भनेर थाहा हुन्छ।
29
त्यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्न आँटेको छ भनी तिमीहरूले जान्नेछौ।
30
साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेलसम्म यो पुस्ता बित्नेछैन।
31
आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुरा बित्नेछैनन्।
32
“त्यो दिन र बेला कहिले आइपुग्ने हो, त्यो ठीकसँग कसैलाई पनि थाहा छैन। स्वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्यो कुराचाहिँ परमेश्वर पितालाई मात्र थाहा छ।
33
त्यसैले चनाखो भएर जागै बस किनभने त्यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन।
34
“त्यो त नोकरहरूलाई घर जिम्मा लगाएर डुल्न जाने मालिकको कुराजस्तो छ। मालिकले आफ्ना नोकरहरूलाई आ-आफ्नो काम गरिराख्नू भनेर कामको जिम्मा लगाइदिन्छ अनि पालेलाई पनि ‘राम्रो देखरेख गर्नू!’ भनेर अह्राइराख्छ।
35
त्यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्न सक्छ
36
अनि अचानक आइपुग्दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्!
37
तिमीहरूलाई भनेजस्तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16