bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 2
Mark 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
1
केही दिनपछि येशू कफर्नहूम सहरमा फर्कनुभयो। उहाँ घरमै हुनुहुन्छ भन्ने सुनेर
2
यति धेरै मानिसहरू उहाँकहाँ आए कि घुइँचोले गर्दा भित्र-बाहिर कहीं पनि ठाउँ थिएन। येशूले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो।
3
त्यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्ने कुँजो मानिसलाई बोकेर त्यहाँ आइपुगे।
4
मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्याउन सकेनन्। त्यसो हुँदा येशू बस्नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले।
5
तिनीहरूका विश्वास देखेर येशूले त्यस कुँजो मानिसलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
6
यो सुनेर त्यहाँ भएका धर्म-गुरुहरूले मनमनै भने, “यो मानिसले किन यस्तो कुरा गर्दै छ?
7
यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ। परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”
8
येशूले तिनीहरूको मनको कुरा बुझिहाल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ?
9
यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु र ‘ओछ्यान बोकेर हिंड’ भन्नुमा कुनचाहिँ सजिलो होला, भन त?
10
तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” तब येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो,
11
“म तिमीलाई भन्छु, अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
12
सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्यो। मानिसहरू छक्क परे र परमेश्वरको प्रशंसा गर्दै भन्न लागे, “यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं।”
13
येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
14
त्यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। तिनी अल्फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे।
15
येशू लेवीको घरमा पाहुना भएर चेलाहरूसँगै खान लाग्नुभएको थियो। उहाँका पछि लागेका धेरै जना कर उठाउने र अरू पापी मानिसहरू पनि उहाँसँगै खान बसे।
16
फरिसी भन्ने कट्टर धार्मिक समूहका केही मानिसहरूले येशूलाई यसरी कर उठाउने मानिस र अरू पापीहरूसँग बसेर खाइरहेका देखेर उहाँका चेलाहरूलाई भने, “उहाँले किन यस्ता कर उठाउने र पापी मानिसहरूसँग बसेर खाएको?”
17
तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ। त्यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।”
18
केही मानिसहरूले बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरू उपवास बसेका बेलामा येशूकहाँ आएर सोधे, “बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्?”
19
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के विवाहमा डाकिएका जन्तीहरू भोज नखाईकन जान्छन् र? दुलहासँग हुँदा त कोही पनि भोकै बस्दैनन् नि!
20
तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्टाउनेछन्, तब तिनीहरू उपवास बस्नेछन्।
21
“फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालाले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर पुरानो लुगालाई च्यात्छ र झन् ठूलो प्वाल पारिदिन्छ।
22
“अझै भन्ने हो भने, कसले ताजा दाखमद्य पुरानो छालाको थैलामा राख्छ र? राख्दैन नि! यदि राख्यो भने त थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलामा नै राख्नुपर्छ।”
23
पवित्र विश्रामको दिन येशू गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्थ्यो। जाँदैगर्दा उहाँका चेलाहरूले गहुँका बाला टिप्न लागे।
24
यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले येशूलाई भने, “हेर्नुहोस् त! विश्राम दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तपाईंका चेलाहरूले किन गर्दै छन्?”
25
येशूले जवाफ दिएर भन्नुभयो, “दाऊद राजा र उनका साथीहरू हातमा केही नभएर भोकाएको बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ?
26
अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्ना साथीभाइहरूलाई पनि खान दिए,।”
27
येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो।
28
त्यसैले म मानव पुत्र पवित्र विश्राम दिनको पनि मालिक हुँ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16