bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 10
Mark 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
1
येशू त्यो ठाउँ छोडेर यहूदिया क्षेत्र र यर्दन नदीको पारिपट्टि जानुभयो। फेरि पनि धेरै मानिसहरूको घुइँचो लाग्यो अनि उहाँले सधैँजस्तै तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो।
2
फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?”
3
येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?”
4
तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।”
5
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्।
6
तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो।
7
‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ।
8
अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्।
9
अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”
10
उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे।
11
उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ।
12
त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।”
13
येशूले आफ्नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हकारे।
14
येशूले यो देखेर आफ्ना चेलाहरूलाई हप्काएर भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो।
15
साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई केटा-केटीहरूले जस्तै गरी नलिएसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैन।”
16
अनि उहाँले ती केटा-केटीहरूलाई आफ्नो काखमा लिनुभयो र एक-एक जनामाथि हात राखेर आशीर्वाद दिनुभयो।
17
येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?”
18
येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन।
19
परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।”
20
तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।”
21
येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।”
22
यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो।
23
येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।”
24
येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ।
25
धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।”
26
यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?”
27
येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।”
28
अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।”
29
येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले
30
योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ।
31
तर अहिले पहिला हुनेहरूमध्ये धेरै जना पछि पर्नेछन् र अहिले पछि हुनेहरू धेरै जना पहिला हुनेछन्।”
32
येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए। येशू चेलाहरूका अघि-अघि हिंड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र पछि-पछि आउने मानिसहरूचाहिँ डराएका थिए। फेरि पनि येशूले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर आफूमाथि आइपर्ने दु:खको बारेमा भन्नुभयो,
33
“सुन, हामी यरूशलेम जाँदै छौं। त्यहाँ पुगेर मानव पुत्र मुख्य पूजाहारी र धर्म-गुरुहरूका हातमा पक्रेर सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्यु दण्ड दिनुपर्छ भनेर अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्।
34
तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।”
35
त्यसपछि जब्दियाका दुई छोरा याकूब र यूहन्ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्ती चढाउन आएका हौं।”
36
“भन त के चाहियो?” येशूले सोध्नुभयो।
37
तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।”
38
येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?”
39
तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, मैले पिउनुपर्ने घुड्को तिमीहरूले पनि पिउनेछौ र मैले लिनुपर्ने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ।
40
तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।”
41
यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए।
42
अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्।
43
तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ।
44
सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ
45
किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।”
46
येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्नुभयो। त्यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्ने एक जना अन्धो माग्ने बसिरहेको थियो।
47
नासरतका येशू आउनुभएको थाहा पाएर उसले कराउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!”
48
धेरै जनाले उसलाई चुप लाग् भनेर हप्काए। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!”
49
हिंड्दाहिंड्दै येशूले टक्क अडिएर भन्नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्यस अन्धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ, छिटो आऊ!”
50
ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो।
51
येशूले उसलाई सोध्नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्न पाऊँ!” अन्धोले बिन्ती चढायो।
52
येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” त्यति नै खेर ऊ आँखा देख्ने भयो र येशूको पछि लाग्यो।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16