bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 15
2 Chronicles 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 16 →
1
परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।
2
तिनी आसालाई भेट गर्न निस्केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।
3
धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो।
4
तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन् भनी उहाँ स्वयम् प्रकट हुनुभयो।
5
मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो।
6
एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो।
7
तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”
8
जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्यामीन र तिनले कब्जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे।
9
त्यसपछि तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्न आएकाहरूलाई भेला गरे। किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको देखेर इस्राएलबाट धेरै संख्यामा मानिसहरू तिनीतर्फ आएका थिए।
10
आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए,
11
अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए।
12
तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे।
13
अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने सबै ठूला र साना, स्त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्चय गरे।
14
ठूलो सोरले चिच्च्याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्वयम् परमप्रभुको शपथ खाएर बाचा बाँधे।
15
सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए। अनि उहाँ पनि तिनीहरूले पाऊन् भनी स्वयम् प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो।
16
आसा राजाले आफ्नी बज्यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्दो मूर्ति तिनले राखेकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र त्यसलाई धूलोपीठो पारेर किद्रोन खोल्सामा जलाइदिए।
17
डाँड़ाहरूमा भएका अल्गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्नो जीवनकालभरि नै परमप्रभुका विश्वासी भइरहे।
18
तिनले आफ्ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्दिरमा ल्याए।
19
आसाको राजकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36