bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 6
2 Chronicles 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
1
तब सोलोमनले भने, “बाक्लो अँध्यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्नुभएको छ।
2
यहाँ मैले तपाईंको निम्ति एउटा उच्च मन्दिर निर्माण गरेको छु— तपाईं सदासर्वदै वास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
3
इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए:
4
“परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्नै मुखले बोल्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, किनभने उहाँले यसो भन्नुभयो,
5
‘मेरो प्रजालाई मिश्रदेशबाट निकालेर ल्याएको दिनदेखि यसो एउटा घरमा इस्राएलका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्नलाई एउटा मन्दिर बनाउन भनी मैले रोजेको छैनँ, र मेरो प्रजा इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनेको छैनँ।
6
तर त्यहाँ मेरो नाउँ कायम राख्न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’।
7
“परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो।
8
तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ।
9
तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस्, तर तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो निर्माण गर्नेछ’।
10
“परमप्रभुले अब त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम म मेरा पिता दाऊदको सट्टामा राजा भएको छु, र इस्राएलको सिंहासनमा म विराजमान भएको छु। अनि परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु।
11
उहाँले इस्राएलसित गर्नुभएको परमप्रभुको करारका सन्दूक मैले त्यहाँ स्थापना गरेको छु।”
12
तब परमप्रभुका वेदीको सामुन्ने इस्राएलका जम्मै समुदायको उपस्थितिमा खड़ा भएर सोलोमनले आफ्ना हात फैलाए।
13
तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि उक्लेर इस्राएलका सारा समुदायको उपस्थितिमा घुँड़ा टेके, र आफ्ना हात स्वर्गतिर उठाएर
14
तिनले भने: “हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना दासहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तै अरू कुनै ईश्वर स्वर्ग र पृथ्वीमा छैन।
15
तपाईंले आफ्ना दास मेरा पिता दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ।
16
“यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास मेरा पिता दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, ‘यदि तँ हिँड़ेझैँ तेरा छोराहरूले आफ्ना चालहरूमा होशियारीसित मेरो सामुन्ने हिँड़ेर मेरो व्यवस्था पालन गरे भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।’
17
अनि अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्।
18
“तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ?
19
तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो दासको प्रार्थना र दयाको निम्ति उसको पुकारमा ध्यान दिनुहोस्। आफ्नो दासले तपाईंको उपस्थितिमा गरेको पुकारा र प्रार्थना सुन्नुहोस्।
20
तपाईंको नजर यस मन्दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा जसको विषयमा तपाईंले यसो भन्नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ’। यसैले तपाईंको दासले यस ठाउँतिर गरेको प्रार्थना तपाईंले सुन्नुहोस्।
21
तपाईंको दास र तपाईंको प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्नुहोस्। आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस्, र जब तपाईंले सुन्नुहुन्छ, तब क्षमा गर्नुहोस्।
22
“यदि कुनै मानिसले आफ्नो छिमेकीको खराबी गरेर शपथ खान लाइयो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खायो भने,
23
तपाईंले स्वर्गबाट सुनेर कार्य गर्नुहोस्। आफ्ना दासहरूका बीचमा न्याय गर्नुहोस्। दोषी मानिसलाई दोषी ठहराउनुहोस्, र त्यसका कामहरूको प्रतिफल त्यसलाई दिनुहोस्। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्यसको निर्दोषतालाई स्थिर गराउनुहोस्।
24
“जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारण तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन्,
25
तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काइ ल्याउनुहोस्।
26
“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्वीकार गरी आफ्ना पाप त्यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,
27
तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्। तिनीहरू हिँड्नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्ना प्रजालाई तिनीहरूको उत्तराधिकारको निम्ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्।
28
“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्छ, कि सलह र फटेङ्ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्छ— जुन आपत् वा रोग आए पनि—
29
अनि जब आफ्नै दु:ख वा कष्ट सम्झेर यस मन्दिरतिर आफ्ना हात उचालेर तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस् र क्षमा गर्नुहोस्।
30
तपाईंले हरेक मानिसको हृदयलाई जान्नुहुन्छ। यसकारण तपाईंले त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। (किनभने तपाईंले मात्र मानिसको हृदयलाई जान्नुहुन्छ),
31
ताकि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून् र तपाईंका मार्गमा हिँडून्।
32
“तपाईंका प्रजा इस्राएलको नहुने कुनै विदेशीले तपाईंको महान् नाउँ र तपाईंको बाहुबलका शक्तिको विषयमा सुनेर टाढ़ाबाट आई यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्यो भने,
33
आफ्नो वासस्थान स्वर्गबाट सुनेर त्यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्, र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंकै नाउँ राखिएको छ भनी जानून्।
34
“तपाईंले जहाँ पठाउनुहुन्छ, त्यहाँ तपाईंका प्रजा आफ्ना कुनै शत्रुहरूसँग लड़ाइँ गर्न जाँदा तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्,
35
तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती स्वर्गबाट सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्।
36
“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— अनि तपाईंले आफ्नो क्रोधमा तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पनुहुन्छ र त्यसले तिनीहरूलाई टाढ़ा वा नजिकको कुनै देशमा कैद गरेर लान्छ,
37
अनि यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकाले गर्दा मन बद्लेर पश्चात्ताप गरी ‘हामीले पाप गर्यौं, र हठी भएर हामीले दुष्ट काम गर्यौं’ भनी त्यो देशमा तपाईंलाई यस्तो अर्ज-बिन्ती चढ़ाए भने,
38
र यदि तिनीहरूलाई कैद गरेर लगिएको देशमा तिनीहरू फेरि आफ्ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्नुभएको यो सहर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गरे भने,
39
तब आफ्नो वासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्। अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई क्षमा गरिदिनुहोस्।
40
“अब हे मेरा परमेश्वर, आफ्ना आँखा खोल्नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्।
41
“हे परमप्रभु परमेश्वर, अब उठ्नुहोस्, आफ्नो विश्रामको ठाउँमा आउनुहोस्, तपाईं र तपाईंका शक्तिको सन्दूक। हे परमप्रभु परमेश्वर, तपाईंका पूजाहारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका पवित्र जनहरूले तपाईंको भलाइमा आनन्द गरून्।
42
हे परमप्रभु परमेश्वर, तपाईंले अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्। आफ्ना दास दाऊदलाई प्रतिज्ञा गरिएको अचूक प्रेम तपाईंले सम्झनुहोस्।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36