bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 29
2 Chronicles 29
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
1
हिजकिया राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो।
2
आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे।
3
आफ्नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्दिरका ढोकाहरू खोलेर तिनलाई मरम्मत गरे।
4
तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्याएर पूर्वपट्टिको चोकमा भेला गराए,
5
र तिनीहरूलाई भने, “हे लेवी हो, मेरा कुरा सुन। तिमीहरू अहिले आफू-आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ।
6
हाम्रा पुर्खाहरू त विश्वासघाती भएर परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँका बासस्थानको केही वास्तै गरेनन्। तिनीहरूले त उहाँतिर आफ्ना पीठ फर्काए।
7
तिनीहरूले दलानका ढोकाहरू बन्द गरिदिए, र बत्ती बाल्न पनि छोड़िदिए। तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढ़ाउन छोड़िदिए।
8
यसैकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको छ, र उहाँले तिनीहरूलाई घृणा, आतङ्क र हाँसोका पात्र तुल्याउनुभएको छ। ती तिमीहरू आफै देख्दैछौ।
9
त्यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्नीहरू कैदमा छन्।
10
अब मेरो इच्छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्वरसँग एउटा करार बाँध्नुपर्छ।
11
हे मेरा छोरा हो, अब बेवास्ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्न तिमीहरूलाई चुन्नुभएको छ।”
12
तब यी लेवीहरूले काम गर्न सुरु गरे: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल। मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह। गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन।
13
एलीजापानका सन्तानबाट: शिम्री र यहीएल। आसापका सन्तानबाट: जकरिया र मत्तन्याह।
14
हेमानका सन्तानबाट: यहीएल र शिमी। यदूतूनका सन्तानबाट: शमायाह र उज्जीएल।
15
तिनीहरूले आ-आफ्ना कुटुम्बहरूलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे। अनि परमप्रभुको आज्ञाअनुसार र राजाले तिनीहरूलाई हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे।
16
परमप्रभुको मन्दिर शुद्ध गर्न पूजाहारीहरू भित्र पसे। तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू परमप्रभुका मन्दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुराहरू लिएर बाहिर किद्रोन खोल्सामा लगेर फालिदिए।
17
पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगेका थिए। अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर नै पवित्र गरे। पहिलो महिनाको सोह्रै दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।
18
त्यसपछि तिनीहरूले राजमहलमा गएर हिजकिया राजालाई भने, “हामीले परमप्रभुको मन्दिर जम्मै पवित्र गरिसक्यौं, अर्थात् होमबलिको वेदी, त्यसका सबै भाँड़ाकुँड़ाहरूसमेत, अनि अर्पण गरिएको रोटी लहर-लहर गरी मिलाएर राख्ने टेबिल, त्यसका सबै सामानसमेत।
19
र राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर पन्साइराखेका जम्मै सरसामानहरू पनि हामीले नियत स्थानमा पवित्र गरेर राखिदियौं। अब ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन्।”
20
राजा हिजकिया बिहान सबेरै उठी सहरका अधिकारीहरूलाई भेला गराएर परमप्रभुको मन्दिरमा उक्लेर गए।
21
तिनीहरूले सात वटा साँढ़े, सात वटा भेड़ा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए। राजाले हारूनको वंशका पूजाहारीहरूलाई यी सबै परमप्रभुको वेदीमा चढ़ाउने हुकुम गरे।
22
यसैले तिनीहरूले साँढ़ेहरू मारे, र पूजाहारीहरूले तिनका रगत लिएर वेदीमा छर्के। तब तिनीहरूले भेड़ाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के। तब थुमाहरू मारिए, र तिनका रगत लिएर वेदीमा खन्याए।
23
त्यसपछि पापबलिको निम्ति बोकाहरू राजा र समुदायको सामुन्ने ल्याइए, र तिनीहरूले तीमाथि आ-आफ्ना हात राखे।
24
अनि पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढ़ाए। किनभने होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्ति चढ़ाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए।
25
राजाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आ-आफ्नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्ना अगमवक्ताहरूद्वारा दिइएको थियो।
26
लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए।
27
होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्तुतिगान पनि सुरु भयो।
28
गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्डवत् गरे। होमबलि खतम नहोउञ्जेल सबै काम यसरी नै निरन्तर भइरह्यो।
29
बलिदान समाप्त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्डवत् गरे।
30
राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्डवत् गरे।
31
तब हिजकियाले भने, “तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। तिमीहरूका बलिदान र धन्यवादका बलिहरू लिएर तिमीहरू परमप्रभुको मन्दिरमा आओ।” यसैले समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हुनेहरू हरेकले आ-आफ्नो होमबलि ल्यायो।
32
समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्ति होमबलि भयो।
33
अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए।
34
तर पूजाहारीहरू साह्रै कम भएका हुनाले सबै होमबलिका छाला काढ्न सकेनन्। यसैकारण तिनीहरूका लेवी कुटुम्बहरूले त्यो काम खतम नहोउञ्जेल र अरू पूजाहारीहरूले आफैलाई पवित्र नगरुञ्जेल तिनीहरूलाई सघाए। किनभने आफू-आफूलाई पवित्र गर्नमा लेवीहरू पूजाहारीहरूभन्दा बढ़ी होशियारी भएका थिए।
35
हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्त मात्रामा थिए। यसरी परमप्रभुका मन्दिरको सेवा पहिलेको जस्तै गरिन थालियो।
36
परमेश्वरले आफ्नो प्रजाको निम्ति गर्नुभएको काम र त्यो यति चाँड़ै पूरा भएकोले हिजकिया र सबै मानिसहरू खुशी भए।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36