bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 16
2 Chronicles 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
1
आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे। यहूदाका राजा आसाको देशमा सबै प्रवेश गर्ने ठाउँहरू रोक्न भनी बाशाले रामालाई मजबूत बनाए।
2
आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ यसो भनेर बिन्ती गरिपठाए,
3
“हाम्रा पुर्खाहरूका बीचमा भएझैँ हाम्रा बीचमा एउटा सन्धि होस्। अब म यो सुन र चाँदीको सौगात पठाउँदैछु। यसैकारण इस्राएलका राजा बाशासँग तपाईंको सन्धि तोड़िदिनुहोस्, र मेरो विरुद्धमा गरेको यो धावा तिनले छोड़िदेऊन्।”
4
बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे।
5
जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए।
6
त्यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे।
7
त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ।
8
के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो।
9
किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
10
यी कुराले आसा ती दर्शीसँग रिसाए, यतिसम्म कि आसाले तिनलाई थुनामा राखे। त्यस बेला तिनले कोही-कोही मानिसहरूमाथि साह्रै अत्याचार गरे।
11
आसाको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
12
आफ्नो शासनकालको उनन्चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्यो। त्यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए।
13
तब आफ्नो राजकालको एकचालीसौँ वर्षमा तिनी आफ्ना पित्रहरूसित सुते।
14
तिनी त्यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्नो निम्ति बनाएका थिए। त्यसमा निपुणतासाथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाइएका थिए। अनि मानिसहरूले तिनको सम्झनामा एउटा ठूलो आगो बाले।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36