bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 8
2 Chronicles 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
1
परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्यो।
2
हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले।
3
तब सोलोमन हमात-सोबामा गएर त्यो कब्जा गरे।
4
अनि उजाड़-स्थानको तदमोर र हमातमा तिनले बनाएका भण्डार राख्ने सबै सहरहरूलाई पुनर्निर्माण गरे।
5
तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे।
6
तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।
7
हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्),
8
अर्थात् देशमा भएका उनीहरूका सन्तान-दरसन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्मै त्यस्तै छन्।
9
तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्नो सरकारी कामको निम्ति बेगारी काममा लगाएनन्। तिनीहरूचाहिँ तिनका कप्तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए।
10
अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्य अधिकारीहरू भए— दुई सय पचास जना।
11
सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्नी बस्नेछैन, किनभने परमप्रभुको सन्दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्।”
12
सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने गरे।
13
मोशाको आज्ञाबमोजिम शबाथ, औंसी र वर्षेनी तीन पल्ट चढ़ाउने चाड़हरू, अर्थात् अखमिरी रोटीको चाड़, साताहरूको चाड़ र छाप्रो-वासको चाड़ हरेक दिन चढ़ाउनुपर्नेअनुसार तिनले चढ़ाउने गरे।
14
आफ्ना पिता दाऊदको विधिअनुसार चलेर प्रतिदिन चाहिँदो कामबमोजिम पूजाहारीका दलहरूलाई आफ्नो सेवा गर्न र लेवीहरूलाई चाहिँ स्तुतिगानको अगुवाइ गर्न र पूजाहारीहरूको काममा सहायता दिन तिनले नियुक्त गरे। द्वारपालहरूलाई आफ्ना दल-दलअनुसार प्रत्येक मूल ढोकामा रहन तिनले नियुक्त गरे, किनभने परमेश्वरका जन दाऊदले दिएको आज्ञा यस्तै थियो।
15
पूजाहारीहरू र लेवीहरूलाई अनि राजकोषसम्बन्धी विषयमा दाऊदले दिएका आज्ञा तिनीहरूले भुलेनन्।
16
परमप्रभुका मन्दिरको जगदेखि लिएर त्यो नसिद्ध्याउञ्जेलसम्म सोलोमनका सबै काम भइरहेका थिए। यसरी परमप्रभुको मन्दिर निर्माण गरिएको थियो।
17
त्यसपछि सोलोमन एदोमको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए।
18
अनि हीरामले आफ्ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्याएर सोलोमन राजालाई दिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36