bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 2
2 Chronicles 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
1
सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे।
2
तिनले सत्तरी हजार भारी बोक्नेहरू, असी हजार ढुङ्गा काट्नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे।
3
सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए: “तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो।
4
अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, र अर्पण गरिएको रोटी नित्य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्यो मन्दिर उहाँको निम्ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्ति यो एउटा अनन्तको विधि हो।
5
“मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
6
तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र?
7
“यसकारण मेरो निम्ति एक निपुण कारीगर पठाइदिनुहोस्— एउटा यस्तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्छ, र तिनी निपुण कुँद्ने मानिस पनि होऊन्। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्।
8
“मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्न निपुण छन्।
9
मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्दिर म निर्माण गर्नेछु, त्यो भव्य आश्चर्यको हुनेछ।
10
म तपाईंका कर्मीहरू, अर्थात् रूख ढाल्नेहरूका निम्ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”
11
टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए: “परमप्रभुको प्रेम आफ्नो प्रजामाथि रहेको कारण उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो।”
12
पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले दाऊद राजालाई तीव्र बुद्धि र समझशक्तिले पूर्ण भएका एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल बनाउनुहुनेछ।
13
“अब म तपाईंको निम्ति एक जना निपुण र खूबै अनुभवी कारीगर, हुराम-अब्बीलाई पठाउँदैछु।
14
तिनी दानवंशी स्त्रीका छोरा हुन्। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्छन्। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्।
15
“यसकारण अब मेरा स्वामीले आफ्ना चाकरहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्।
16
तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्नेछौ, र मूढ़ाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्यहाँबाट यरूशलेमसम्म लाने बन्दोबस्त मिलाउनुहोला।”
17
आफ्ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।
18
तिनले यिनीहरूमध्येका सत्तरी हजारलाई भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने र यिनीहरूलाई काममा लगाउन छत्तीस सयलाई चाहिँ हेर-विचार गर्ने काममा नियुक्त गरे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36