bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 26
2 Chronicles 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
1
तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्जियाहलाई लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।
2
अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।
3
उज्जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्।
4
तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।
5
तिनलाई परमेश्वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्वरको अगुवाइ खोज्नमा तनमन लगाए। परमप्रभुलाई खोज्दैरहुञ्जेलसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो।
6
तिनी पलिश्तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्ने र अश्दोदका पर्खालहरू तिनले भत्काइदिए। तिनले अश्दोदको नजिक र पलिश्तीहरूका बीचमा सहरहरू बनाए।
7
परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।
8
अम्मोनीहरूले उज्जियाहकहाँ सौगातहरू ल्याए, अनि तिनको ख्याति मिश्रदेशको सिमानासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।
9
तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे।
10
तिनले उजाड़-स्थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्यान दिन्थे।
11
यसबाहेक उज्जियाहको तालीम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्याहको अधीनमा यिनीहरूलाई राखेका थिए।
12
वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्मा संख्या २,६०० थियो।
13
तिनीहरूको अधीनमा राजालाई शत्रुहरूका विरुद्धमा सहायता गर्न ३,०७,५०० योद्धाहरू भएको एक लड़ाकू सेना पनि थियो।
14
जम्मै सेनाको निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।
15
धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।
16
तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनले विश्वासघात गरे।
17
तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने,
18
“हे उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन। यस कामको निम्ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्। पवित्रस्थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।”
19
हातमा धुपौरो लिएर धूप बाल्न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो।
20
प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।
21
राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।
22
उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्।
23
उज्जियाह आफ्ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्थे, “तिनी एक कोरी हुन्।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36