bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 24
2 Chronicles 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
1
योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमा बेर्शेबाकी सिब्या थिइन्।
2
यहोयादा पूजाहारी बाँचुञ्जेल तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे।
3
यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए।
4
यसको केही समयपछि योआशले परमप्रभुको मन्दिरको मरम्मत गर्ने विचार गरे।
5
तिनले पूजाहारी र लेवीहरूलाई भेला गरेर भने, “यहूदाका सहरहरूमा गएर सबै इस्राएलीहरूबाट परमप्रभुको मन्दिरका पुनर्निर्माणको निम्ति वर्षेनी दिने रकम जम्मा गर। अनि यो काम झट्टै गरिहाल।” तर लेवीहरूले त्यो काम झट्टै गरेनन्।
6
यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूसँग तपाईंले माग्नुभएको छैन?”
7
अब ती दुष्ट अतल्याहका छोराहरूले परमप्रभुको मन्दिरभित्र पसेर त्यहाँका सबै पवित्र थोकहरू बाल देवताहरूको पूजामा उपयोग गरेका थिए।
8
राजाले तिनीहरूलाई एउटा सन्दूक बनाएर परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे।
9
अनि तिनले यहूदा र यरूशलेमभरि नै यस्तो घोषणा गरे, कि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ।
10
अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्नो रकम ल्याएर सन्दूक नभरुञ्जेल त्यसमा हाले।
11
लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँदा तिनीहरूले त्यो राम्ररी भरिएको हेर्थे। तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे। तिनीहरूले दिनहुँ त्यसै गर्थे। यसरी तिनीहरूले धेरै रुपियाँपैसा सञ्चय गरे।
12
राजा र यहोयादाले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिन्थे। तिनीहरूले चाहिँ मन्दिरको पुनर्निर्माण गर्न ज्यालामा लगाएका डकर्मी र सिकर्मीहरूलाई, र मन्दिरको मरम्मत गर्न फलाम र काँसाको काम गर्ने कारीगरहरूलाई दिन्थे।
13
यसरी कामदारहरूले आफ्ना काम गर्न लागे, र तिनीहरूकै हातमा यस मरम्मतका कामको उन्नति भयो। तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरेर त्यसलाई पक्का बनाए।
14
तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्याएर दिए। ती पैसाबाट परमप्रभुका मन्दिरको निम्ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्जेल तिनीहरू परमप्रभुको मन्दिरमा होमबलि निरन्तर चढ़ाउने गर्थे।
15
यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे।
16
तिनी दाऊदको सहरमा राजाहरूकै चिहानमा गाड़िए, किनभने तिनले इस्राएलमा परमेश्वर र उहाँका मन्दिरको निम्ति असल काम गरेका थिए।
17
यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजालाई दण्डवत् गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने।
18
तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको मन्दिर त्यागेर अशेरा देवीका खम्बाहरू र अरू मूर्तिहरूलाई पुजे। यस दोषले गर्दा यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध आइपर्यो।
19
तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्।
20
तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ’।”
21
तर तिनीहरूले जकरियाको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे।
22
राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।”
23
त्यही वर्षको अन्त्यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्ना सबै लूटका माल दमस्कसका राजाकहाँ पठाइदिए।
24
अरामीहरूको एक सानो फौजले मात्र आक्रमण गरे, तापनि परमप्रभुले इस्राएलको एक ठूलो सेनालाई उनीहरूका हातमा सुम्पिदिनुभयो। यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका हुनाले, योआशमाथि उचित दण्ड आइपर्यो।
25
राजालाई साह्रै घाइते बनाएर अरामीहरू गएपछि पूजाहारी यहोयादाका छोराको मृत्युको साटो लिन राजाका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, अनि तिनीहरूले राजालाई तिनको ओछ्यानमा नै मारे। यसरी तिनी मरे, र दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा चाहिँ होइन।
26
ती षड्यन्त्रकारीहरूचाहिँ अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद थिए।
27
योआशका सन्तानको विवरण, तिनको विषयमा धेरै ईश्वरवाणी, र परमेश्वरको मन्दिर तिनले पुनर्निर्माण गरेका विषय राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36