bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 22
2 Chronicles 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
1
यरूशलेमका बासिन्दाहरूले तिनको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा तुल्याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्याह यहूदाका राजा भए।
2
राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी ओम्रीकी नातिनी अतल्याह थिइन्।
3
तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्।
4
आहाबको घरानाले गरेझैँ तिनले पनि परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनको पतन गराउने सल्लाहकारहरू थिए।
5
रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्न तिनीहरूको सल्लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए,
6
र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।
7
परमप्रभुको इच्छाअनुसार योराम र अहज्याहको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्याह योरामसँग निम्शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो।
8
येहूले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा, अहज्याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेट्टाएर येहूले मारे।
9
त्यसपछि तिनले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याएर मारे। “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्ने तिनै यहोशापातका छोरा यिनी हुन्” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्यसपछि अहज्याहका घरानाको कोही पनि राज्य गर्न शक्तिशाली भएन।
10
जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्किन्।
11
तर यहोराम राजाकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्, र त्यसकी धाई र त्यसलाई एउटा सुत्ने कोठाभित्र लुकाइराखिन्। यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्नी यहोशेबा अहज्याहकी दिदी भएकी हुनाले तिनले योआशलाई अतल्याहको हातबाट लुकाइराखिन्, र अतल्याहले त्यसलाई मार्न पाइनन्।
12
अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36