bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 34
2 Chronicles 34
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
1
राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे।
2
तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्ना पुर्खा दाऊदका सबै चालमा हिँड़े।
3
तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे।
4
बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए।
5
तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे।
6
तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्बाहरू भत्काइदिए।
7
अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धूलोपीठो पारिदिए। इस्राएलको देशभरि नै भएका धूप-वेदीहरूलाई तिनले नाश गरे। त्यसपछि तिनी यरूशलेममा फर्के।
8
योशियाहका राजकालको अठारौँ वर्षमा देश र मन्दिरलाई शुद्ध पार्नलाई तिनले असल्याहका छोरा शापान, सहरका शासक मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए।
9
तिनीहरू प्रधान पूजाहारी हिल्कियाहकहाँ गएर तिनलाई परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा दिए, अर्थात् ती पैसा जो द्वारपालको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू अनि यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाहरूबाट पनि जम्मा गरेका थिए।
10
तिनले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्नेहरूका मुख्य कर्मचारीहरूका हातमा दिए, र मन्दिरमा काम गर्ने मानिसहरूले त्यो पैसा मन्दिरको मरम्मत र त्यसलाई सुदृढ़ पार्न प्रयोग गरे।
11
तिनीहरूले त्यस पैसाबाट यहूदाका राजाहरूले नष्ट हुन छोड़िदिएका भवनहरू मरम्मत गर्न काटेका ढुङ्गा अनि दलिन र सत्तरीका काठहरू किन्न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।
12
यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।
13
अनि सबै किसिमका काम गर्ने मानिसहरूको हेर-विचार पनि यिनीहरूले नै गर्थे। सबै लेवीहरूचाहिँ सङ्गीतमा निपुण थिए। तिनीहरूमध्ये कोही सचिव, कोही शास्त्री र कोही द्वारपालहरू थिए।
14
तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा निकाल्दा पूजाहारी हिल्कियाहले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए।
15
तब सचिव शापानलाई हिल्कियाहले यसो भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
16
शापानले त्यो राजाकहाँ ल्याएर भने, “हजूरले दिनुभएका सबै काम हजूरका अधिकारीहरूले गरिरहेका छन्।
17
तिनीहरूले परमप्रभुको मन्दिरमा भएको रुपियाँपैसा लिएर मुख्य कर्मचारी र कामदारहरूलाई दिएका छन्।”
18
पूजाहारी हिल्कियाहले तिनलाई एउटा पुस्तक दिएका कुरा पनि सचिव शापानले राजालाई बताइदिए। तिनले त्यो पुस्तक राजाको सामुन्ने पढ़ेर सुनाए।
19
राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुनेपछि आफ्ना लुगा च्याते।
20
तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।
21
तिनले भने, “हाम्रा पुर्खाहरूले परमप्रभुको वचन पालन नगरेका र यस पुस्तकमा लेखिएका सबै कुरा नमानेका हुनाले हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ।”
22
हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।
23
तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
24
‘परमप्रभु यसो भन्नुहुन्छ: यहूदाका राजाको सामुन्ने पढ़ेको पुस्तकमा लेखिएका सबै सरापहरू पूरा गर्न म यस स्थान र त्यसका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।
25
तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका आफ्नै हातले बनाएका कुराहरूद्वारा मलाई रीस उठाएका छन्। यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइनेछ, र त्यो शान्त हुनेछैन’।
26
परमप्रभुलाई सोधपूछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ:
27
तेरो हृदय जवाफ दिनलाई उत्सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेका कुरा सुनेर परमेश्वरको सामुन्ने तँ विनम्र भएकोले, र मेरो सामु तँ विनम्र भई तैंले आफ्नो पोशाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्नुहुन्छ।
28
यसैकारण म तँलाई तेरा पित्रहरूसँगै जम्मा गर्नेछु, र तँ शान्तिसित गाड़िनेछस्। यस ठाउँ र यसका बासिन्दाहरूमाथि मैले ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्नेछैनन्’।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्याए।
29
त्यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए।
30
तिनले आफूसँग यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए। परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढ़े।
31
तब खम्बाको छेउमा उभिएर परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, विधि र उर्दीहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्न परमप्रभुको सामुन्ने राजाले करारलाई पुनर्स्थापना गरे।
32
त्यसपछि यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार पूरा गर्न तिनले शपथ खान लाए। यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार यो गरे।
33
योशियाहले इस्राएलीहरूका सारा इलाकाहरूबाट सबै घृणित मूर्तिहरू हटाइदिए, र इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको सेवा गर्न लगाए। तिनी बाँचुञ्जेल परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको भक्ति गर्नदेखि तिनीहरू तर्केनन्।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36