bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 20
2 Chronicles 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
1
यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।
2
तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात् एन-गदीमा पुगिसकेको छ।
3
यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे।
4
यहूदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए।
5
यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने:
6
“हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति र बल छन्। तपाईंको सामना गर्ने कोही छैन।
7
हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र आफ्ना मित्र अब्राहामका सन्तानलाई सदासर्वदाको निम्ति त्यो दिनुभएको होइन?
8
तिनीहरू त्यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्,
9
‘यदि विपत्ति हामीमाथि आइलाग्यो भने, अर्थात् न्यायको तरवार वा रूढ़ी वा अनिकाल पर्यो भने, हामी यस मन्दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्ने खड़ा हुनेछौं। अनि हामी आफ्नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ’।
10
“मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्। इस्राएलीहरूले उनीहरूलाई त्यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्।
11
तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्तो बदला दिइरहेछन्। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्।
12
हे हाम्रा परमेश्वर, उनीहरूको न्याय तपाईं गर्नुहुन्न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”
13
यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामुन्ने खड़ा भए।
14
तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।
15
तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ: ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन।
16
भोलि उनीहरूसँग युद्ध गर्न निस्क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ।
17
यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”
18
यहोशापात भूइँमा घोप्टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने दण्डवत् गर्न घोप्टो परे।
19
तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे।
20
तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्थानमा गए। तिनीहरू निस्केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, र तिमीहरूको फलिफाप हुनेछ।”
21
मानिसहरूसित सल्लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए, “परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।”
22
तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू परास्त भए।
23
अम्मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्धाधुन्ध आक्रमण गर्न लागे।
24
जब यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको अल्गो ठाउँमा आइपुगे र शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्ये एउटै पनि उम्केको थिएन।
25
जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्मा गर्न आए, तब तिनीहरूले असंख्य सामानहरू, लुगाफाटाहरू र बहुमूल्य थोकहरू लानै नसक्ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्म लूटका माल जम्मा गरे, किनभने ती त्यति धेरै थिए।
26
चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्मै त्यसको नाउँ त्यही छ।
27
त्यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्याउनुभएको थियो।
28
तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए।
29
परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो।
30
यहोशापातको राज्यमा शान्ति भयो, किनभने परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।
31
यसरी यहोशापातले यहूदामाथि राज्य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्।
32
तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे।
33
तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्ना पुर्खाहरूका परमेश्वरमाथि आफ्नो मन लाएनन्।
34
यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा गाभिएका छन्।
35
पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसँग मित्रता बाँधे, जो दुष्टताको दोषी थिए।
36
व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइसकेपछि,
37
मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्याहसँग मित्रता बाँध्नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्फल तुल्याउनुहुनेछ।” अनि ती जहाजहरू नष्ट भएर व्यापार गर्नलाई यात्रा गर्न पाएनन्।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36