bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 9
2 Chronicles 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
1
शेबाकी रानीले सोलोमनको कीर्ति सुनिन्, र गाह्रो-गाह्रो प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्। तिनी एक अत्यन्तै ठूलो लावालश्करसाथ मसला, प्रशस्त सुन र बहुमूल्य रत्नहरू ऊँटहरूमा लदाएर आइन्। तिनी सोलोमनकहाँ आएपछि आफ्नो मनमा भएका सबै कुरा तिनले सोलोमनलाई बताइन्।
2
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। कुनै प्रश्नको उत्तर दिन तिनको निम्ति गाह्रो थिएन।
3
जब शेबाकी रानीले सोलोमनको बुद्धि, तिनले बनाएको राजमहल,
4
तिनको टेबिलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
5
तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।
6
तर आएर आफ्नै आँखाले नदेखुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइनँ। साँच्चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्दा त तपाईं ज्यादै बढ़ी हुनुहुँदोरहेछ।
7
तपाईंका मानिसहरू कति सुखी होलान्! तपाईंको सामुन्ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी!
8
तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। तपाईंका परमेश्वरले आफ्नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्थिर गराउने इच्छा भएकोले तपाईंले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्याउनुभएको छ।”
9
त्यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। सोलोमन राजालाई शेबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्यै भएका थिएनन्।
10
यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए।
11
राजाले यी काठहरूबाट परमप्रभुको मन्दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए। त्यस्ता थोक यहूदा देशमा अघि कहिल्यै देखिएका थिएनन्।
12
शेबाकी रानीले ल्याएर दिएका सौगातहरूभन्दा बढ्ता गरेर रानीले इच्छा गरेर मागेका सबै कुरा सोलोमन राजाले तिनलाई दिए। तब तिनी बिदा भएर लावालश्करसाथ आफ्नो देशमा फर्किन्।
13
सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।
14
त्यसबाहेक मालहरू निकासी गर्ने व्यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्व आउँथ्यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याउँथे।
15
पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू सोलोमन राजाले बनाए। प्रत्येक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।
16
पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि तिनले बनाए। प्रत्येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।
17
तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्यसलाई निखुर सुनले मोहोरे।
18
सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।
19
छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह थिए। कुनै पनि राज्यको निम्ति यस्तो किसिमको सिंहासन कहिल्यै बनाइएको थिएन।
20
सोलोमनका पिउने सबै कचौराहरू निखुर सुनका थिए। अनि लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू निखुर सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्य थोरै थियो।
21
हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्ट यो व्यापारी-बेड़ाले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्यो।
22
सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए।
23
अनि परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्न पृथ्वीका सबै राजाहरूले तिनको दर्शन खोज्थे।
24
आउने हरेकले आफ्नो सौगात— चाँदी र सुनका भाँड़ाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोड़ा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे।
25
आफ्ना घोड़ा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे।
26
तिनले यूफ्रेटिस नदीदेखि लिएर पलिश्तीहरूको देश र मिश्रदेशको सिमानासम्मै राज्य गर्थे।
27
तिनले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुको काठचाहिँ पहाड़का जङ्गली अञ्जीरका बोटहरूसरह धेरै तुल्याए।
28
सोलोमनका घोड़ाहरूचाहिँ मिश्रदेश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्थे।
29
सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?
30
सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे।
31
त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36